बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आईपीएल : कोलकाताले मुम्बईलाई हरायो

बिहीबार, २४ चैत २०७८, ०६ : ३६
बिहीबार, २४ चैत २०७८

मुम्बई इण्डियन्सलाई ५ विकेटले हराउँदै कोलकाता नाइट राइडरर्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति पुनेमा मुम्बईले दिएको १६२ रनको लक्ष्य कोलकाताले १६ ओभरमा ५ विकेट गुमाएर पूरा गरेेकाे हाे ।

कोलकाताको जितमा पाट कुमिन्स बिस्पोटक ब्याटिङ गर्दै १५ बलमा अविजित रहदै ५६ रन बनाए । भेन्काटेस आयरले ५० रनको योगदान गरे । मुम्बईका मुरुगान आश्विन र ट्यामल मिल्सले २-२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १६१ रनको योगफल तयार पारेेकाे थियाे । मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ५२ रन बनाए ।  कोलकाताका पाट कुमिन्सले सर्वाधिक २ विकेट लिए । जितसँगै  कोलकाताले ४ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । लगातार तेस्रो हारसँगै मुम्बईले अंक जोड्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप