गुणस्तरीय स्वास्थ्य सेवा विकासको पहिलो सर्त हो : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य विज्ञानको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको अध्ययन अनुसन्धानलाई प्रवद्र्धन गरी मुलुकका लागि आवश्यक दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा जोड दिन आवश्यक रहेको बताएका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पाँचौँ सभामा उनले प्रतिष्ठानले गण्डकी प्रदेशका नागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै सहज र सुलभ रूपमा चिकित्सा शिक्षाको अध्ययन अध्यापनको अवसरसमेत प्रदान गर्दै आएको उल्लेख गरे ।
वि.सं. २०१३ सालमा स्थानीय तहमा सोल्जर बोर्ड अस्पतालका रूपमा स्थापना भएको उक्त अस्पताल ५०० शय्यामा स्तरोन्नति भएको छ । प्रधानमन्त्री देउवाले भने, ‘प्रतिष्ठानले चिकित्सा शास्त्रमा दक्ष जनशक्ति उत्पादन गर्ने प्रतिष्ठानका रूपमा समेत आफूलाई उभ्याउन सकेकोमा मलाई खुसी लागेको छ ।’
गुणस्तरीय स्वास्थ्य सेवा विकासको पहिलो सर्त भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले स्वस्थ र निरोगी नागरिकबाट नै मुलुकको आर्थिक सामाजिक रूपान्तरण सम्भव रहेको बताए ।
प्रतिष्ठानले आम जनसमुदायलाई पुर्याउँदै आएको स्वास्थ्य सेवालाई आगामी दिनमा थप स्तरीय र चुस्त बनाई अस्पतालको सेवामा बढीभन्दा बढी जनताको पहुँच विस्तार गर्न आवश्यक रहेको बताउँदै प्रधानमन्त्री देउवाले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ बाट सङ्क्रमितहरुको परीक्षण र उपचारका लागि यस प्रतिष्ठानले पुर्याएको सेवा प्रशंसनीय रहेको उल्लेख गरे ।
प्रतिष्ठानलाई आवश्यक पर्ने सहयोग निरन्तर रूपमा उपलब्ध गराउन सरकार सकारात्मक रहेको बताउँदै उनले पूर्वाधारहरूको विकास गरी अस्पतालको सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउन सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि
-
मुख्यमन्त्री शाहको राजनीतिक सल्लाहकारमा उपाध्याय नियुक्त
-
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न मन्त्री गुरुङको आग्रह