बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

नेपाल बारको निर्वाचन : गठबन्धनका उम्मेदवार ९८६ मतले अगाडि, कसले कति मत ल्याए ? (सूची)

बुधबार, २३ चैत २०७८, २२ : ०७
बुधबार, २३ चैत २०७८

नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमिति निर्वाचनको मतगणना जारी छ । हालसम्मको मत परिणामअनुसार अध्यक्षका प्रत्यासी गोपालकृष्ण घिमिरे करिब दोब्बर मतले अगाडि छन् । साँझ ७ : ३० बजेसम्मको मतगणनाअनुसार गठबन्धनबाट अध्यक्षका प्रत्यासी बनेका गोपालकृष्ण घिमिरेले १९९० मत पाएका छन् ।

प्रगतिशील समूहबाट उम्मेदवारी दिएका विष्णुमणि अधिकारीले १००४ मत पाएका छन् । सत्ता गठबन्धनका तर्फबाट प्रत्यासी बनेका घिमिरेले एमाले निकटका उम्मेदवार अधिकारीलाई ९८६ मतले पछि पारेका छन् । 
त्यसैगरी महासचिवका उम्मेदवारमध्ये गठबन्धनकी अन्जिता खनालले १७६५ मत पाउँदा प्रगतिशील खेमाका केदारप्रसाद कोइरालाले ११७५ मत पाएका छन् । महासचिवमा भने सत्ता गठबन्धनकी उम्मेदवार खनाल मात्र ५९० मतले अगाडि छन् । 
कसले कति मत प्राप्त गरेका छन् ? तलको सूची हेर्नुहोस् ?

अध्यक्ष- गोपालकृष्ण घिमिरे- १९९०

अध्यक्ष- विष्णुमणि अधिकारी - १००४

महासचिव - अन्जिता खनाल - १७६५

महासचिव - केदार कोइराला - ११७५

उपाध्यक्ष राेहित डाँगी १०५९

सुरज खत्री १९९८

केशब दास १०५५

सुधीर कर्ण १९८१

डिल्ली मैनाली ९९२

हर्क रावल २००१

भुपेन्द्र खनाल १०८३

वीरेन्द्र के सी १९५५

बासुदेव ज्ञवाली ११०६

पशुपति भण्डारी १९०६

बिष्णु तिमिल्सिना १०३६

उत्तम आचार्य १९८०

चंख साउद ९९३

तुलाराम गिरी १९९२

रमा श्रेष्ठ १०२६

आशा राई १८२३

कोषाध्यक्ष भरत रावत १९२८

जगत कार्की १०६६

सदस्यहरु

१ कुन्जली परियार १०४७

२ बिनिता नेपाली १९५९

१ नरसिह चाैधरी १०५१

२ किरण शाह १९५२

१ सुभाष झा १०८७

२ नरेश साह १८९८

१ शशी श्रेष्ठ ११२४

२ नारायण राई १८७२

१ दिलकुमारी राई ११३९

२ रुप सारु १८१२

१ इन्दिरा आचार्य १०७७

२ सीता पाैडेल १९०७

१ मनिका खडका १०७२

२ शर्मिला थापा १९४५

१ गणेश ओली १०३२

२ जितेन्द्र मडै १८९३

खुल्ला सदस्य

१ कुबेर घिमिरे १०९८

२ तारा कुमार श्रेष्ठ १०७२

३ युवक गाैतम १०३१

४ अर्जुन खडका ८७६

५ अनिल कु श्रेष्ठ १००५

६ हरि पंगेनी ९९७

७ भरत लकाइ १७५०

८ देवी काेइराला १८३२

९ निर्भय पाैडेल १७५२

१० सन्ताेष राउत १७३५

११ गुणराज आचार्य १७४७

१२ सन्ताेष तिवारी १६२५​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप