आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

गोली हानी हत्या गरिएको अवस्थामा युवकको शव फेला

बुधबार, २३ चैत २०७८, २१ : १६
बुधबार, २३ चैत २०७८

धनुषामा एक युवकको हत्या गरेको अवस्थामा शव फेला भएको छ । धनुषाको हंसपुर नगरपालिका वडा नम्बर ७ स्थित गहुँ खेतमा स्थानीय १८ वर्षीय विजय महराको शव बीभत्स तरिकाले हत्या गरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

धनुषाका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले मृतक महराको बायाँ तर्फको निधारमा गोली प्रहार भएको देखिएको छ भने पछाडि ढाडमा दुई पटक चक्कुले प्रहार गरी गहुँ खेतमा फालिएको अवस्थामा शव बरामद भएको हो । 

प्रहरी प्रवक्ता बस्नेतले प्रारम्भिक अनुसन्धानबाट महराको हत्या नै भएको देखिएको बताए । उनले शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको बताए । सो घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप