नेपाल बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले बुधबार काठमाडौँको ब्रिलियन्ट बहुमुखी क्याम्पसमा डिजिटल बैङ्किङ वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । नेपाल बैंक लिमिटेड चाबहिल शाखा र ब्रिलियन्ट कलेजको सहकार्यमा विद्यार्थीहरूलाई डिजिटल बैङ्किङ सम्बन्धी जानकारी गराई डिजिटल बैकिङ्क प्रविधिहरूमा अभ्यस्त गराउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
क्याम्पसका प्रिन्सिपल दुर्गा प्रसाद नेपाल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेडका मार्केटिङ्ग तथा रिसर्च डिभिजन प्रमुख अर्जुन बहादुर कँडेल, नेपाल बैंक चाबहिल शाखाका शाखा प्रबन्धक द्वारिका घोरासैनी लगायतको उपस्थिति रहेको थियो ।
स्नातक तह व्यवस्थापन सङ्कायमा अध्ययनरत विद्यार्थीहरू सहभागी भएको उक्त कार्यक्रममा डिजिटल वित्तीय साक्षरता सम्बन्धी जानकारी, नेपाल बैंकले लागु गरेका विभिन्न सेवा सुविधाहरू, डिजिटल बैंकिङ प्रविधिहरू, विद्यार्थी लक्षित शुभज्ञान बचत खाता साथै बैङ्किङका विविध आयामहरूको बारेमा जानकारी गराइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनमा आमाको नामबाट नागरिकता दिने विषय समेटिनुपर्छ : सरोकारवाला
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने
-
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
-
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : मन्त्री गुरुङ