सर्लाहीमा भारतीय नागरिकको गोली हानी हत्या
बुधबार, २३ चैत २०७८, २१ : १४
सर्लाहीमा अज्ञात व्यक्तिको गोली प्रहारबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । बुधबार साँझ सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ९ मा अज्ञात व्यक्तिले गोली प्रहार गर्दा भारत विहारस्थित विष्णुपुर नगर निगम बस्ने ३५ वर्षीय इन्दल महतोको मृत्यु भएको हो ।
महतोमाथि मंलगवास्थित कृष्णामती विद्यालय पछाडि अज्ञात व्यक्तिले गोली प्रहार गरेको सर्लाहीका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । गोली कसले र किन चलायो भन्नेबारे केही खुल्न नसकेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल अमेरिकी पत्रकार संघको अध्यक्षमा भण्डारी
-
बुद्ध जयन्ती केवल सांस्कृतिक उत्सव मात्र नभई शान्तिपूर्ण क्रान्तिको प्रेरणादायी ऐतिहासिक क्षण : प्रचण्ड
-
बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभर अद्वितीय : सभापति देउवा
-
लुम्बिनीलाई बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थलको रूपमा परिचित गराउन जरुरी छ : राष्ट्रिय सभा अध्यक्ष
-
बुद्ध मार्ग अनुसरण गर्न सक्नु नै स्थायी शान्तिको प्रमुख आधार : सभामुख घिमिरे
-
गौतमबुद्धको प्रकृतिप्रेमी दृष्टिकोणले वातावरण संरक्षणमा योगदान पुग्ने : उपराष्ट्रपति