मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

प्रेस युनियन महाधिवेशन : विभिन्न ४ समिति गठन

बुधबार, २३ चैत २०७८, २१ : ०१
बुधबार, २३ चैत २०७८

नेपाल प्रेस युनियनको आसन्न जेठ १३ र १४ गते हुने केन्द्रीय महाधिवेशनको तयारी तिव्र पारिएको छ । बुधबार हेटौंडामा महाधिवेशन लक्षित छलफल गरी महाधिवेशन स्थल तथा विभिन्न समितिहरु गठन गर तयारी तिव्र बनाइएको नेपाल प्रेस युनियनका सभापति बद्री सिग्देलले जानकारी दिए ।

बुधबार भएको महाधिवेशन तयारी छलफलमा उनले जेठ १३ र १४ गते हुने केन्द्रीय महाधिवेशन हेटौंडाको रोयल पार्टी प्यालेसमा आयोजना गरिने बताए ।   नवौँ महाधिवेशनको उद्घाटन तथा निर्वाचन आवास तथा भोजन, आर्थिक पक्षसहित समग्र व्यवस्थापनको विषयमा केन्द्रीय समिति र प्रेस युनियन मकवानपुरका प्रतिनिधिहरूबीच छलफल गरिएको थियो ।

कार्यक्रममा सहभागीहरूले मतदाता नामावली निश्चित समय अगावै टुंगो लगाउने, प्रतिनिधि दर्ता अगावै गर्ने र शुल्क भुक्तानीलाई बैंकिङ प्रक्रियामार्फत गर्ने व्यवस्था मिलाउने, सचिवालय स्थापना गर्नेलगायत विषयमा सुझाव दिएका थिए । कार्यक्रममा अधिवेशनलाई व्यवस्थित गर्न कुनै कसर बाँकी नराख्ने मकवानपुर शाखाले प्रतिवद्धता जनाएको थियो ।

आयोजक समन्वय उप–समितिसहित ४ समिति गठन

प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने महाधिवेशनको आवश्यक तयारीका लागि स्थानीय स्तरमा महाधिवेशन आयोजक समन्वय उपसमितिसहित अन्य ३ वटा समितिहरु गठन गरिएको छ ।
छलफलबाट समन्वय उपसमिति, मञ्च तथा स्वागत समिति, आवास समिति र भोजन समिति गठन गरिएको हो ।

समन्वय उपसमितिको संयोजक र सह–संयोजकमा युनियनका केन्द्रीय सदस्यद्वय राममणि दाहाल र गिरिजाप्रसाद अधिकारीलाई जिम्मेवारी दिइएको छ । त्यस्तै सचिवालय, मञ्च तथा स्वागत समिति संयोजकमा पोष्टराज अधिकारी (कुमार), आवास समिति संयोजकमा रूपेश दुलाल र भोजन समिति संयोजकमा सुजन विडारीलाई जिम्मेवारी दिइएको छ ।

प्रेस युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारी (कुमार) को अध्यक्षतामा भएको छलफलमा प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल, कार्यवाहक महासचिव भीष्मराज ओझा, कोषाध्यक्ष सरोज अधिकारीको उपस्थिति रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप