बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एभीएमलाई दोहोरो स्वर्ण

बुधबार, २३ चैत २०७८, २० : ५६
बुधबार, २३ चैत २०७८

आदर्श विद्या मन्दिर (एभीएम)ले केबी साम ११ औं पुर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिसमा बुधबार दोहोरो स्वर्ण जितेको छ । टिम इभेन्टको ब्वाइज/गल्र्स दुवैमा एभीएम पहिलो भयो । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा एभीएमले पुष्प सदनलाई ३–० ले पराजित गर्यो । सिर्जना ज्ञान सागर र एम्राल्ड एकेडेमी तेश्रो भए ।

केबी साम अल्मुनियम इन्डस्ट्रिज प्रालिको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताअन्तर्गत गल्र्सको उपाधि भिडन्तमा एभीएमले प्रभातलाई ३–० ले नै हरायो । सिर्जना ज्ञान सागर र प्रोक्सिमाले तेश्रो स्थानमा चित्त बुझाए ।

फरक क्षमता भएकातर्फ पुरुष बहिरा सिंगल्समा सुशान्त लामाले स्वर्ण, अनिल हमालले रजत तथा सुशिल गुरुङ र दावा शेर्पाले कांस्य जिते ।

प्रतियोगिताअन्तर्गत पुरुष÷महिला खुला सिंगल्सको लिग चरणका खेलहरु सुरु भएका छन् । त्यस्तै भेट्रान सिंगल्सको पुरुष ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथिका खेलहरु पनि प्रारम्भ भएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप