सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

सिद्धार्थ बैंक र बाँसबारी क्लबबीच सम्झौता

बुधबार, २३ चैत २०७८, २० : ५२
बुधबार, २३ चैत २०७८

सिद्धार्थ बैंक लिमिटेडले शहीद स्मारक बि डिभिजन फुटबल प्रतियोगितामा सहभागी हुन बाँसबारी क्लबलाई चार लाख रुपैयाँ बराबरको प्रायोजन गर्ने सहमति गरेको छ । उक्त सहमति पत्रमा बैंकका तर्फबाट प्रमुख भ्याली रिसोर्सेज प्रदिप पन्त र बाँसबारी क्लबका तर्फबाट अध्यक्ष प्रेम थापा हस्ताक्षर गरेका छन् । 

खेलाडीहरूको हितलाई मध्यनजर गर्दै बैंकद्वारा सो रकम खेलाडीहरूको खेल तयारी र आवश्यक खेल सामग्री खरिद गर्न क्लबलाई प्रदान गरिएको हो । बैंकले विगतदेखि नै विभिन्न खेल तथा खेलकुद आयोजनाहरूमा सहभागिता जनाउँदै आएको छ । सम्झौताले खेलाडीहरूलाई उत्प्रेरित गर्न र खेलको विकास गर्न मद्दत गर्ने विश्वास बैंकले लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप