हिसानको आठौँ महाधिवेशन चैत २५ गतेदेखि
बुधबार, २३ चैत २०७८, २० : ४८

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान) ले “शिक्षा विकासमा सार्थक साझेदारी : हिसानको योगदान र जिम्मेवारी” भन्ने मूल नाराका साथ आफ्नो आठौँ राष्ट्रिय महाधिवेशन तयारी अन्तिम चरणमा पुगेको बताएको छ । मुलुकभर सञ्चालित निजी शिक्षालयहरुकोे राष्ट्रव्यापी सञ्जाल भएको हिसानको राष्ट्रिय महाधिवेशन २०७८ साल चैत्र २५ र २६ गते काठमाडौँमा हुँदैछ ।
महाधिवेशनमा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा नेपालमा शिक्षाको सबलीकरण र निजी क्षेत्रको योगदान भन्ने विषयमा एक दिवसीय हिसान शिक्षा बहसको समेत आयोजना हुने संघले जनाएको छ । पार्क भिलेज रिसोर्ट बुढानिलकण्ठ काठमाडौँमा हुने यस महाधिवेशनमा ३५ जिल्लाका ६०० वटा शिक्षालयबाट प्रतिनिधिको सहभागिता र ५० जना पर्यवेक्षकहरु गरी ६५० जनाको उपस्थिति रहने छ ।