सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

नेपाल–भारत उद्योग वाणिज्य संघ र उद्योग मन्त्रालयका सचिवबीच भेटवार्ता

बुधबार, २३ चैत २०७८, २० : ४५
बुधबार, २३ चैत २०७८

नेपाल–भारत उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष सुनिल केसीको नेतृत्वमा एक प्रतिनिधि मण्डलले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलसँग भेटवार्ता गरेको छ । भेटमा केसीले नेपालमा व्यावसायिक वृत्तमा विगत लामो समयदेखि उठ्दै आएको बौद्धिक सम्पती अधिकारका विषयमा नेपालमा विदेशी लगानीमा सञ्चालित उद्योग तथा कम्पनीहरूले भोग्नुपरेको कठिनाइहरूका सम्बन्धमा जानकारी गराएका थिए ।

 संघले बौद्धिक सम्पत्ति अधिकारका क्षेत्रमा गरिनुपर्ने सुधार तथा आवश्यक व्यवस्थाका विषयमा मन्त्रालयको साझेदारी एवं सहभागितामा सम्बन्धित उद्योग क्षेत्रका व्यक्तिहरू तथा विज्ञहरुलाई राखेर छलफल गरेर उपयुक्त नीतिगत सुझाव तयार गर्न सकिने राय व्यक्त गर्दै सोको लागी सहकार्य गर्न अनुरोध गरेको छ  ।

छलफलमा सचिव पोखरेलले संघले प्रस्तुत गरेको विषय अत्यन्त सान्दर्भिक रहेको बताउँदै नेपाल सरकारको तर्फबाट मन्त्रालयले पनि यो बौद्धिक सम्पत्ति अधिकारको विषयमा एउटा ड्राफ्ट तयार गरी कानुन मन्त्रालयमा आवश्यक कार्यार्थ पेस गरिसकेको जानकारी गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप