हेटौंडाका एमाले नेता समाजवादीमा प्रवेश
लामो समय नेकपा एमालेमा सक्रिय रही जनप्रतिनिधिसमेत भएका हेटौंडा उपमहानगरपालिका(१ का उत्तम शर्मा न्यौपाने नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
बुधबार हेटौंडामा आयोजित कार्यक्रममा उनी एकीकृत समाजवादी प्रवेश गरेका हुन् । न्यौपानेलाई पार्टीका केन्द्रीय उपाध्यक्ष एवं बागमती प्रदेश इन्चार्ज केदार न्यौपानेले स्वागत गरेका हुन् ।
केपी ओली नेतृत्वको एमाले अब कम्युनिष्ट पार्टी भन्न नसुहाउने भएकाले कम्युनिष्टको असली घर एकीकृत समाजवादी भएकाले आफू सो घरमा आबद्ध भएको उनले बताए । ‘अहिले कम्युनिष्ट आन्दोलनलाई जुन रुपमा हाँक्नुपर्ने आवश्यकता छ, एमालेबाट त्यो हुनै सक्दैन ।’ न्यौपानेले भने,‘एमालेबाट अब समाज रुपान्तरण सम्भव नभएकाले म कम्युनिष्ट पार्टीको मूल घर एकीकृत समाजवादीमा आबद्ध भएको हुँ ।’
२०७४ को स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्षका उम्मेदवार रहेका न्यौपानेले आफू तत्कालीन एमालेभित्रकै घातका कारण पराजित हुनु परेको बताउँदै आएका छन् । न्यौपाने २०४९ र २०५४ मा हेटौंडा १ को वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्मी सन्राइज बैंकले ५ प्रतिशत बोनस शेयर वितरण गर्ने
-
इजरायली ड्रोन आक्रमणमा ३ प्यालेस्टिनीको मृत्यु
-
मधेस प्रदेशसँग १२९ रनको अग्रता लिँदै पुलिस क्लबद्वारा पाली समाप्तिको घोषणा
-
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
-
मण्डलामा अब ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ मञ्चन हुने
-
बिहान कफी पिउनुस्, घट्न सक्छ मृत्युको जोखिम