बाँसबारी क्लब र सिद्धार्थ बैंकबीच सम्झौता
सहिद स्मारक बी डिभिजन लिग खेलिरहेको बाँसबारी क्लबले सह–प्रयोजकको रुपमा सिद्धार्थ बैंकसँग बुधबार सम्झौता गरेको छ । काठमाडौं महानगरपालिका ३ स्थित क्लबको कार्यालयमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष प्रेम थापा र सिद्धार्थ बैंकका सहायक महाप्रबन्धक (एजीएम) प्रदीप पन्तले प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । चार लाख रुपियाको प्रायोजन सम्झौता एक वर्षको रहेको छ ।
बाँसबारीका अध्यक्ष थापाले भन्नुभयो, ‘देशकै ठूलो सिद्धार्थ बैंकसँग प्रायोजन सम्झौता गर्न पाउँदा बाँसबारी क्लब र बाँसबारी टोलबासी अत्यन्त खुशी छौं । स्थानीय बासिन्दा दीपेश आचार्यको पहलमा हाम्रो यो सहकार्य संभव भएको हो । यो सहयोगले नेपालको फुटबल विकास र क्लबको उद्देश्य तथा लक्ष्य प्राप्त गर्न ठूलो सहयोग मिल्नेछ ।’
सिद्धार्थ बैंकका एजीएम पन्तले भन्नुभयो, ‘बाँसबारी क्लबसँग सहकार्य गर्न पाउँदा हामी साह्रै खुशी छौं । हामी यसरी नै बाँसबारी क्लबसँग खेलकुद र सामाजिक कार्यमा सहकार्य गर्दै अगाडि बढ्नेछौं । अहिलेलाई एक वर्षको सम्झौता गरेका छौं । यो सम्झौतालाई आगामी बर्ष पनि निरन्तरता दिएर अगाडि बढ्नेछौं ।’
बाँसबारी क्लबको मुख्य प्रायोजक अराउन्ड द हिमालयज प्रालि रहेको छ । क्लबले अराउन्ड द हिमालयजसँग १० लाख रुपियाको प्रायोजन सम्झौता गत फागुनमा गरेको थियो । क्लबको सहप्रायोजक चोयु ट्रेकिङ प्रा.लि., हेल्थ पार्टनर वेलनेस हस्पिटल, मार्केटिङ पार्टनर काया स्पोर्ट्स एन्ड सप्लायर्स र किट्स पार्टनर कामरु ट्रेडिङ प्रा.लि. रहेका छन् । एन्फा निर्वाचनको लागि प्रतिनिधि चयन काठमाडौं महानगरपालिका ३ स्थित क्लबको कार्यालयमा बुधबार भएको कार्यसमिति बैठकले अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी निर्वाचनको लागि अध्यक्ष प्रेम थापालाई मताधिकारसहितको प्रतिनिधि र महासचिव रमेशकुमार कार्कीलाई प्रतिनिधि पठाउने सर्वसम्मत निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको जग्गा हिनामिना गर्ने जो भए पनि कानुनी कारबाहीको दायरामा आउँछन्: प्रधानमन्त्री
-
वर्षा बाधक बनेपछि बराबरीमा सकियो अस्ट्रेलिया र भारतबिचको तेस्रो टेस्ट
-
चितवन निकुञ्जद्वारा नियम विपरीत काम गर्ने ६५ जनालाई कारबाही
-
१० वर्षीया बालिकाको मृत्युपछि पाकिस्तान भागेर प्रहरीलाई फोन
-
बार अध्यक्ष घिमिरेविरुद्धको अदालतको अवहेलनाको पेसी ३२ औ नम्बरमा
-
बंगलादेशले वेस्ट इन्डिजलाई उसैको घरमा हरायो