अमेरिकाको टेक्सासमा विमान दुर्घटना हुँदा २ जनाको मृत्यु
बुधबार, २३ चैत २०७८, १९ : ३६
अमेरिकाको दक्षिणी मध्य राज्य टेक्सासमा मङ्गलबार विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । संघीय उड्डयन प्रशासनका अनुसार, सेस्ना टि २०६ एच नामक विमान ह्युस्टन कार्यकारी विमानस्थलबाट उडेको थियो र मध्य टेक्सासको वाकोबाट करिब ३० माइल (४८ किलोमिटर) पर रहेको मारलिन एयरपोर्टमा मङ्गलबार दिउँसो दुर्घटनाग्रस्त भएको थियो।
वाको क्षेत्रीय विमानस्थलमा जाँदै गरेको ६ सिटको जहाज मार्लिन विमानस्थलको एकल धावनमार्गको अन्त्यबाट करिब ७० गज (६४ मिटर) टाढा दुर्घटनाग्रस्त भएको ह्युस्टन क्रनिकलको रिपोर्टले मार्लिन शहरका प्रबन्धक सेड्रिक डेभिसलाई उद्धृत गर्दै जनाएको छ। टेक्सासको सार्वजनिक सुरक्षा विभागका अनुसार दुर्घटनामा एक पुरुष र एक महिलाको मृत्यु भएको छ। दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?
-
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का