मन्त्री मनाङेले कर्मचारीमाथि हातपात गरेको जानकारी आएको छैन : प्रवक्ता खड्का
बुधबार, २३ चैत २०७८, १९ : ०५
गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दीपक मनाङे) ले कर्मचारीमाथि हातपात गरेको भन्ने आधिकारिक जानकारी आफूले नपाएको बताएका छन् । मंगलबार अपरान्ह मन्त्री गुरुङले आफ्नै मन्त्रालयका सूचना अधिकारी प्रकाश ओझामाथि हातपात गरेको समाचार बाहिरिएपछि उनले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै त्यसको आधिकारिक जानकारी आफूले नपाएको बताएका हुन् ।
प्रदेश सरकार भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रीसमेत रहेका प्रवक्ता खड्काले त्यसबारे मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव रविलाल पन्थसँग बुझ्दा सो जानकारी आएको र मुख्यमन्त्रीले मन्त्री गुरुङ र कर्मचारीसँग छलफल गरी आवश्यक निर्णय गर्ने भनेको उनले बताए । आफूलाई जानकारी आएलगत्तै मिडियामार्फत् सार्वजनिक गराउने प्रवक्ता खड्काले प्रतिवद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदीय आचरण र मर्यादामा रहन संसद् कर्मचारीलाई निर्देशन
-
जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश
-
अमरेशको आरोप– कुलमान हटाउने र सभापतिले श्रीमतीलाई नबचाएसम्म लेखा समिति बैठक बस्दैन
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन