इँटा बनाएरै मानिसक ३२ हजार
झट्ट सुन्दा पत्यार लाग्दैन । जाबो ज्याला मजदुरी गर्नेले पाखुराको बलमा ३२ हजार रुपैया महिनामा कमाउँछन् । त्यो पनि नेपालमै । त्यति कमाउन केही लगानी गर्नु परेको छैन । बिहानदेखि साँझसम्म पाखुरा बेसरी चलाउनु पर्छ । मिहिनेतको बलमा यहाँका इँटाभट्टामा काम गर्ने मजदुरले मासिक यती रकम आम्दानी गर्छन ।
इँटाभट्टामा काम गर्ने मजदुरको लागि रोजगारीको कमी छैन । तराईका बारा, रौतहट तथा पर्सा जिल्लामा अहिले फस्टाउँदै गएको इँटाभट्टा उद्योगमा यस्ता मजदुरको लागी पर्याप्त अवसर छ । काम खोज्न भौतारिनु पर्दैन । घरबाट आधी घण्टा÷एक घण्टाको यात्रा तय गर्ने बित्तिकै इँटाभट्टामा पुगिन्छ ।
बारा देवापुरटेटाका जितेन्द्र पासवानलाई पनि अहिले इँटा बनाउन भ्याई नभ्याइ छ । उनी सुपर इँटा उद्योगमा काम गर्छन । उनी बिहान ५ बजे घरबाट कामको लागी बढीमा करीब ३० मिनेट साइकल कुदाउनु पर्छ । त्यतिमै उनले इँटाभट्टा पुग्छन र ६ बजेदेखि इँटा बनाउने काम सुरु गर्छन । काम गर्न अल्छी नमान्ने पासवानलाई राम्रै पैसा कमाउन चिन्ता लिनु पर्दैन । उनीसँग इँटा बनाउने सिप छ ।
सिप हुने मानिसलाई पैसा कमाउन कुनै समस्या नरहेको उनले बताए । ‘पैसा कमाउन मिहिनेत गर्नै पर्छ,’ उनले भने, ‘जानेको सिप चाहिएको ठाउमा उपयोग गर्दा राम्रो आम्दानी गर्न सकिन्छ ।’ हेर्दा इँटा बनाउने काम फोहोरी काम जस्तो लाग्छ तर यसैमा राम्रो आम्दानी हुने गरेको उनले बताए ।
उनका अनुसार एक जना मजदुरले दिनमा कम्तीमा १ हजार २ सय इँटा बनाउँछन् । एउटा इँटा बनाए वापत एक रुपैयाँ मजदुरी पाइन्छ । त्यसको अनुपातमा एक जनाले दिनमा १ हजार २ सय रुपैयाँ आम्दानी गर्छन । सातामा एक दिन रेस्ट गरिन्छ । माटो मुच्छनेदेखी इँटा बनाउनेसम्मको काम आफूहरुले नै गर्नु पर्ने उनले बताए । सामान्य पढेलेखेका तथा पढ्न नपाएकाहरुको लागि यो काम सजिलो र भरपर्दो भएको उनले बताए ।
उनी मात्र होईन । उनी जस्तै गाउँकै राजेश पासवानले पनि मिहिनेत भरमा राम्रो आम्दानी गरेको बताए । ‘सधैभरीको लागी इँटाभट्टामा काम हुदैन,’ उनले भने, ‘६ महिना मात्र काम गर्न पाउछौं ।’ बाकी रहेको ६ महिना खेतीपातीमा बिताउने गरेको उनले बताए । ६ महिनामै वर्षभरी खान पुग्ने गरी आम्दानी गर्ने गरिएको उनले बताए ।
उनका अनुसार गाउँका अधिकांश युवाहरु इँटाभट्टामै रोजगारी पाएका छन् । बिहान उठ्ने बितिकै सबैलाई इँटाभट्टमै पुग्न हतार हुन्छ । वर्षातको बेलामा इँटा बनाउने काम हुँदैन । जेठ महिनाको दोस्रो सातासम्म मात्र काम गर्न मिल्छ । त्यसपछि वर्षात् सुरु भएपछि इँटा बनाउन मिल्दैन ।
सात दिनमै इँटाभट्टामा मजदुरीको लागि हिसाब किताब हुने गरेको अर्का इँटा बनाउने मजदुर कामेश्वर पासवानले बताए । ‘त्यहीँ दिन इँटा बनाए वापतको भुक्तानी लिएर घरतिर लाग्छौं,’ उनले भने, ‘त्यसको भोलीपल्ट एक दिन रेष्टमा बस्छौँ ।’ अनि फेरी काममा फर्किने गरेको उनले बताए ।
उनका अनुसार इँटाभट्टाको आम्दानीले परिवारको आर्थिक स्तर मजबुत भएको छ । यहाँको आम्दानीबाट गाउँघरमा जग्गामा लगानी गर्न पाएका छौं । धेरैले जग्गा पनि जोडन सफल भएको उनले बताए । एउटा उद्योगमा कम्तीमा १ सय भन्दा बढी इँटा बनाउने मजदुर काम गर्छन । त्यस बाहेक इँटा ढुवानी गर्ने, पाकेको इँटा झिक्ने लगायतका काममा गरी एउटा इँटाभट्टामा कम्तीमा ३ सय भन्दा बढी मजदुर काम गर्छन । रौतहट र बारामा करीब एक हजार भन्दा बढी संख्यामा इँटाभट्टा उद्योग संचालनमा रहेका छन । सबै उद्योगलाई जिल्ला घरेलु कार्यालयले नियमन गर्ने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र चीनबिच कैदी साटासाट
-
ट्रम्पसँग डिनरमा गए जुकरबर्ग, चार वर्षअघि ट्रम्पमाथि लगाएका थिए प्रतिबन्ध
-
सिन्धुलीको बुद्धचित्त माला विवादमा थप एक जना पक्राउ
-
क्रान्तिकारी कम्युनिस्ट पार्टी राष्ट्रिय एकता महाधिवेशनको र्याली (तस्बिरहरु)
-
पराजित हुने भयले कर्णालीमा उम्मेदवारविहीन भयो एकीकृत समाजवादी
-
कांग्रेस–एमालेको गढमा माओवादीको धावा !