शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मूल्यबृद्धि नियन्त्रण नगरे आन्दोलनको आँधीबेरी ल्याउने अनेरास्ववियुको चेतावनी

बुधबार, २३ चैत २०७८, १७ : ५४
बुधबार, २३ चैत २०७८

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले मूल्यवृद्धि नियन्त्रण र देशको आर्थिक संकटको समाधानतर्फ लाग्न सरकारको ध्यानाकर्षण गराएको छ । अध्यक्ष सुनिता बरालले बुधवार विज्ञप्ति जारी गर्दै गठबन्धन सरकारले मुलुकलाई अँध्यारो मार्गतर्फ लागेकोे भन्दै मूल्यवृद्धि, कालोबजारी र छिमेकी मुलुकको चाकडी अन्त्य गर्न, मूल्यवृद्धि नियन्त्रण गर्न र आर्थिक संकटको तत्काल समाधानतर्फ लाग्न सरकारसँग माग गरेकी हुन् । 

अध्यक्ष बरालले जारी गरेको विज्ञप्तिमा अनेरास्ववियुका माग सम्बोधन नभए सरकारविरुद्ध आन्दोलनको आँधीबेरी ल्याउने चेतावनी पनि दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप