शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

‘षट्कोण’ मा पत्रकार बने कर्मा

बुधबार, २३ चैत २०७८, १७ : १०
बुधबार, २३ चैत २०७८

कर्मा र भोलाराज सापकोटाको मुख्य भूमिका रहेको फिल्म हो, ‘षट्कोण’ । २३ वैशाखबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको टिजर सार्वजनिक गरिएको छ । 
साइकोलोजिक थ्रिलर जनरामा निर्माण भएको फिल्मको टिजरमा कर्मा एक पत्रकारको भूमिकामा देखिएका छन् ।

मिलन डि काप्रीको निर्देशन रहेको फिल्म क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको हो । शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको फिल्मको संवाद महेश दवाडीले लेखेका हुन् । 
फिलममा कर्मा र भोलाराज सापकोटाको अलवा लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेमको अभिनय छ । फिल्ममा आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रीले सम्पादन छ ।
केही अगाडि निर्माण भएको यो फिल्म कोरोनाको कारण रिलिजमा ढिलाई भएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप