बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एनआइबीएल एस क्यापिटलको लगानीकर्ता जनचेतनामूलक कार्यक्रम सम्पन्न

बुधबार, २३ चैत २०७८, १६ : ५४
बुधबार, २३ चैत २०७८

सेयर बजारमा लगानी गरी अवसर खोज्न इच्छुक युवाहरुको लागि वीरगञ्जमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । सन् २०११  मा नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा स्थापित भएको एनआइबीएल एस क्यापिटल उक्त कार्यक्रममा डिपि पार्टनरको रुपमा उपस्थित भई निशुल्क डीम्याट खाता खोल्ने कार्यक्रम पनि संचालन गरेको थियो । 

एनआइबिएल एस क्यापिटल मर्चेन्ट बैंकिङ, संस्थागत परामर्श सेवा, लगानी व्यवस्थापन सेवा र निक्षेप सदस्यका अन्य वित्तीय सेवाहरू प्रदान गर्दै आइरहेको छ । ब्रोकर नं २२ सिप्रवी सेक्यूरिटीजले आयोजना गरेको उक्त कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश एवं नेपाली यूवा उद्यमी संजाल वीरगञ्ज च्याप्टरको सहकार्यमा वीरगञ्जको होटल लर्डस दियालोमा सम्पन्न भएको हो । 

वीरगञ्जका विभिन्न आधादर्जन कलेजका छात्रछात्राहरुको सहभागिता भएको कार्यक्रमको उद्घाटन गर्दै वीरगञ्जका मेयर अजय सरावगीले शेयर बजार पछिल्लो समय अवसर खोज्नेहरुको लागि राम्रो प्लेटफर्म भएको चर्चा गर्दै लगानी गर्दा धेरै कुरामा सचेत भई लगानी गर्ने सुझाव समेत दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप