बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

२४ घण्टामा १३ जनामा कोरोना संक्रमण पुष्टि

बुधबार, २३ चैत २०७८, १६ : ४१
बुधबार, २३ चैत २०७८

पछिल्लो २४ घण्टामा देशभर थप १३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८०७ जनामा गरिएको नमुना परीक्षणमा १३ जनालाई संक्रमण पुष्टि भएको हो ।

सो समयमा ५७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । यस्तै ७६५ जना संक्रिय संक्रमित रहेका छन् ।  

यस्तै पछिल्लो २४ घण्टामा ५६ हजार ५२७ जनाले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप