बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

हिसानको महाधिवेशन २५ र २६ गते हुने

बुधबार, २३ चैत २०७८, १६ : २६
बुधबार, २३ चैत २०७८

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले आउँदो चैत २५ र २६ गते आठौं राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । बुधवार संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा संघका महासचिव लोकबहादुर भण्डारीले विदेशी शिक्षाको रुपमा वार्षिक रुपमा लाखौँ विद्यार्थीहरु बाहिर जाने र अर्बौं रुपैयाँ बाहिरिरहेको भन्दै यसमा सरकार संवेदनशील हुनुपर्ने बताए । उनले विदेशमा जाने विद्यार्थी र रकम जोगाउनका लागि निजी क्षेत्रमा नभइ सामुदायिक क्षेत्रसँग पनि हातेमालो गरेर अघि बढ्नुपर्ने बताए । उनले महाधिवेशनमा ३५ जिल्लाका ६०० वटा शिक्षालयबाट प्रतिनिधिहरुको उपस्थिति रहने बताए ।

महासचिव भण्डारीले महाधिवेशनले नेपालभर रहेका निजी शिक्षालयहरुबीचको एकतालाई मजबुत बनाउने, नीति निर्माणमा सकारात्मक भुमिका खेल्न, निजी शिक्षालयहरुको समस्या समाधान गर्ने र शैक्षिक एवं प्राज्ञिक विकासको कार्यमा सहयोग गर्ने अपेक्षा लिएको पनि बताए । यस्तै संघका अध्यक्ष रमेशकुमार सिलवालले शिक्षामा देशभित्र भएको विभेदलाई हटाउनु पर्ने बताए । उनले विदेशी र नेपाली शिक्षालयको शिक्षामा ने विभेद भएको भन्दै त्यसलाई हटाउनु पर्ने बताए । उनले सरकारले वहन गर्नुपर्ने जिम्मेवारी निजी क्षेत्रले गरिरहेको र अझै धेरै गर्न तत्पर रहेको तर सरकारले त्यो वातावरण सिर्जना गर्न सक्नुपर्ने बताए ।

हिसानले उत्कृष्ट शिक्षा नेपालमै भन्ने मुल नाराका साथ आफ्नो आठौं महाधिवेशन गर्न लागेको हो । महाधिवेशनमा विभिन्न शैक्षिक क्षेत्रमा गर्नसक्ने विकासका कामको बारेमा पनि गोष्ठी हुने बताइएको छ ।   

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप