‘शिरीषको फूल’ नाटक पोखरामा मञ्चन हुँदै
मदन पुरस्कार विजेता उपन्यास शिरीषको फूललाई नाटकमा देखाउन लागिएको छ । बिहीबार पोखरा थियटरको गन्धर्व नाटकघरमा नाटक मञ्चन गर्न लागिएको हो । २७ चैतसम्म मञ्चन हुने नाटकको निर्देशन अञ्जान प्रदीपले गर्नेछन् ।
थिएटर मल र पोखरा थिएटरको सहकार्यमा हरेक दिन साँझ ५ बजे नाटक मञ्चन हुन लागेको आयोजकले जनाएको छ । शनिबार भने दिउँसो १ बजे पनि देखाइने छ । केदार श्रेष्ठको परिकल्पना रहेको नाटकमा समृद्धि नेपाल, सञ्जय विश्वकर्मा, हाङ ओ हाङ राई, सविना गोपाली, मञ्जु महर्जन, अञ्जु रिजाल, अस्मिना भारती, रेजी बस्नेत र जेनी सुनुवारले अभिनय गरेका छन् ।
थिएटर मलका संस्थापक तथा परिकल्पनाकार केदार श्रेष्ठले शिरीषको फूलको देशयात्रा पोखराबाट गर्न लागेको बताए । पोखरा थिएटर संस्थापक परिवर्तनले पोखरालाई नाटकको सहरका रूपमा चिनाउन यो नाटक अझै प्रभावकारी हुने बताए ।
पोखरा थिएटरले स्थापनादेखि नै विभिन्न रंग समूहसँगको सहकार्यलाई महत्व दिँदै आएको छ । औपचारिक रूपमा पोखरामा रंगमञ्च तयार गरेर भर्खरै नाटक देखाउन थालिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबको रणनीति स्वदेशी उत्पादनको वृद्धि गरी निर्यात बढाउनु हो : मन्त्री भण्डारी
-
सरकारले ‘नेपाल स्वास्थ्य सम्मेलन–२०२४’ आयोजना गर्दै
-
युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्छ : सभापति देउवा
-
खाता रोक्काको औपचारिक जानकारी छैन : राष्ट्र बैंक
-
यातायात व्यवसायीले तिर्नुपर्ने स्थानीय कर वैज्ञानिक ढंगले निर्धारण गर्न रास्वपाको माग
-
रुस र पूर्वी युरोपमा कम्युनिस्टले आफ्नो धरातल गुमाएकै हो : सर्गेई मलिन्कोभिच