अब देशैभर लालपूर्जा वितरणको कामले तिव्रता पाउँछ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब देशैभर लालपूर्जा वितरणको कामले तिव्रता पाउने बताएका छन्। भरतपुर महानगरपालिका अन्तर्गत वडा २ को आँपटारी आयोजित भूमिहीन दलितलाई जग्गा धनी लालपूर्जा वितरण कार्यक्रममा प्रचण्डले दलित सुकुम्बासी मात्रै नभएर सुकुम्बासी समस्या समाधान हुने दाबी गरे।
दलितहरुले लालपूर्जा प्राप्त गरेको ऐतिहासिक दिन भएको बताउँदै प्रचण्डले त्यसको सुरुवात भरतपुरबाट भएको बताए। सूचना प्रविधिको प्रयोग गरेर सेटेलाईटबाट नक्साङ्कन गरेर लालपूर्जा वितरणको काम भएको भन्दै प्रचण्डले खुसी व्यक्त गरे।
‘लालपूर्जा वितरण सुरुवात पहिलो पटक भरतपुर महानगरपालिकाबाट भएको छ । त्यसमा खुसी र गर्वको दिन हो । अब छिट्टै देशैभर लालपूर्जा वितरणको कामले तिब्रता पाउनेछ। यो देशभरी फैलिने छ’ प्रचण्डले भने, ‘भूमि समस्या जे जस्तो देखिएको छ। त्यो गठबन्धन सरकारले दलितको मात्रै नभएर सुकुम्बासी समस्या समाधन भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रयाक्टर दुर्घटनामा वडा सदस्यसहित दुई जनाको मृत्यु
-
वीरगन्ज झडप : कस्तो छ घाइतेहरुको अवस्था ?
-
बागमती प्रदेश : उद्योगमा रोजगारीको अवसर घट्दो
-
सूर्यनारायणको बार आज कुन राशिलाई कति लाभ ?
-
वर्ष समीक्षा : होटलमा लगानी ओइरिएको वर्ष
-
वर्षान्त २०८१ः गतिमा ऊर्जा क्षेत्र, पहिलोपटक नेपालको बिजुली बङ्गलादेश पुगेको वर्ष