आज पनि नेप्सेमा दोहोरो अंकको गिरावट, २ अर्बको पनि भएन कारोबार
आज पनि नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । केही दिन यता लगातार घटिरहेको नेप्से सूचक बुधबार थप २३.३२ अंकले घट्दै २४ सय २८.७५ अंकमा झरेको हो । यस्तो सूचक अघिल्लो दिन अधिकतम ४६.४६ अंकले घटेर २४ सय ५२.०६ अंकमा झरेको थियो ।
यस दिन होटल तथा पर्यटन, अदर्श र म्युचुअल फन्ड बाहेकका अन्य सबै उपसूचक ऋणात्मक (नेगेटिभ) भएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार आज ट्रेडिङ समूहको उपसूचक सबैभन्दा बढी २.७६ प्रतिशतले घटेको छ भने फाइनान्स र निर्जीवन बीमा समूहको उपसूचक समान १.६२ प्रतिशतले घटेको छ ।
यस्तै, डेभलपमेन्ट बैंक समूहको उपसूचक १.२५ प्रतिशतले, हाइड्रोपावर समूहको उपसूचक १.१८ प्रतिशतले, बैंकिङ समूह १.०६ प्रतिशतले र माइक्रो फाइनान्स समूहको उपसूचक १.१२ प्रतिशतले घटेको छ । २३ अंक माथिले घटेको बजारमा आज २ अर्ब रुपैयाँको पनि सेयर कारोबार हुन सकेन । नेप्सेका अनुसार ४३ लाख ७२ हजार कित्ता माथिको सेयर कारोबार हुँदा आज १ अर्ब ९९ करोड २९ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन ४६ अंकमाथिले घटेको बजारमा २ अर्ब ६७ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज नेष्ठो लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले अधिकतम १० प्रतिशतले कमाएका छन् भने सबैभन्दा धेरै इमर्जिङ नेपालका लगानीकर्ताहरूले १० प्रतिशतले नै गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल र हमासले छोडे १५ महिना लामो युद्ध, आइतबारदेखि पूर्ण युद्धविराम लागू हुने
-
चिसो कालीगण्डकीमा र्याफ्टिङ सञ्चालन
-
१२ बजे १२ समाचार : काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटी बुझाएर रवि रिहादेखि वकिलमाथि कार्यकर्ताको आक्रमण प्रयाससम्म
-
आरोही कान्छा शेर्पालाई एभरेष्ट टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड
-
क्यान्सरविरुद्धको सबै एचपीभी खोप ल्याइयो
-
खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार