कृषि सामग्री आपूर्ति र अनुदान विषयमा नेपाल–भारतबीच छलफल
साल्ट कर्पोरेशन लिमिटेड र भारतको इण्डियन पोटास लिमिटेड (आइपिएल) ले नेपालको प्रमुख कृषि सामग्री आपूर्ति र अनुदान संयन्त्रको विषयमा संयुक्त राष्ट्रिय गोष्ठीको आयोजना गरेका छन् । नेपाल र भारतमा कृषि सामग्री खासगरी रासायनिक मलको आपूर्ति र अनुदानको अवस्थाको बारेमा छलफल गर्नका लागि यो गोष्ठीको आयोजना गरेको साल्ट कर्पोरेशन लिमिटेडका प्रवक्ता कुमार राजभण्डारीले बताए ।
दुई दिनसम्म चल्ने सो गोष्ठीमा नेपाल, भारतलगायत विश्वभर रासायनिक मलको अवस्था के छ, भारतमा मलमा अनुदान कसरी दिएको छ, नेपालमा माटोको अवस्था के छ, प्रदेशस्तरमा कृषिको माग र आपूर्तिको अवस्था कस्तो छ भन्ने लगायतका विषयमा छलफल हुने उनले बताए ।
गोष्ठीको उद्घाटन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.गोविन्द शर्माले रासायनिक मलमा नेपाल परनिर्भर रहेको भन्दै हालसम्म आयात गरेर नै किसानको माग पुरा गरिरहेको बताए । नेपालले भारतलगायत अन्य मुलुकबाट टेण्डर तथा जीटुजीको माध्यमबाट नेपाल आयात गरी किसान समक्ष पुर्याउने गरेको उनले उल्लेख गरे ।
उनले नेपाली किसानलाई समयमा मल उपलब्ध गराउनका लागि सरकारले विभिन्न नीति निर्माणदेखि लिएर अन्य विषयमा पहल गरिरहेको बताए ।
सोही मन्त्रालयका पशुपन्छीतर्फका सचिव निरु दाहालले माटो परीक्षण गरी मल कम प्रयोग गर्ने किसान कम देखिएको बताइन् । माटोको सुहाउँदा गुण अनुसार मल प्रयोग गरे उत्पादनदेखि हरेक क्षेत्रमा फाइदा हुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा