बाँसबारी छालाजुत्ता खानेहरूले सोध्छन् खै उद्योग स्थापना गरेको भनेर ? : केपी ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन आफ्नै सुख सुविधाका लागि मात्रै बनेको बताएका छन् । बुधबार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले एमाले सवैको सुख, सुविधा, न्याय र सम्बृद्धिका लागि भएपनि अहिलेको पाँच दल आफ्नै सुख सुविधाका लागि बनेको बताएका हुन् ।
उनले एमाले र पाँच दलीय गठबन्धन बीचको फरक छुट्याउँदै भने, ‘हामी सबैको सुख भन्छौ, उनीहरु आफ्नो सुख भन्छन्, हामी सबैको न्याय भन्छौ उनीहरु आफ्ना लागि भन्छन्, हामी र पाँच दलीय गठबन्धन बीचको फरक यही हो ।’ उनले आफुहरु त्यस्तो नगर्ने भन्दै सबैको सुख र सम्बृद्धिका लागि लड्ने दावी गरे ।
आफ्नो नेतृत्वको सरकारले आठवटा औद्योगिक क्षेत्र खोलेको, लगानीको वातावरण बनाएको भन्दै बाँसबारी छाला जुत्ता कारखाना खाएकाहरुले खै उद्योग खोलेको भनेर सोध्ने गरेको बताए ।
‘हामीले आठवटा औधोगिक क्षेत्रहरु खोल्यौ, अनेक उद्योग स्थापना गर्न आव्हान र सुरु पनि गर्यौ’, ओलीले भने, ‘कतिपय नयाँ उद्योग सञ्चालन गर्यौ, ती मान्छेहरुले हामीलाई सोध्न अप्ठेरो मान्दैनन्, जसले छाला जुत्ता खाए । बाँसबारी छालाजुत्ता खानेहरूले हामीलाई सोध्छन् खै उद्योग स्थापना गरेको ? जसले सिमेन्ट कारखाना, इँटा टायल खाए ।’
नेपाली काँग्रेसलाई लक्षित गर्दै ओलीले भक्तपुर इँटा, हरिसिद्धि इँटा, हिमाल सिमेन्ट खानेहरूले कसरी सोध्न सकेको बताए । उनले चोभारमा सुख्खा बन्दरगाह बनाउन लाग्दा काँग्रेसले शिलान्यास गर्न नदिएको भन्दै त्यही बन्दरगाहको प्रधानमन्त्रीले हिजो उद्घाटन गरेकोमा धन्यवाद दिए ।
‘यसले राम्रै गर्छ भनेर भन्नुभयो । यतिबेला थाहा पाउनुभएछ । तीन वर्षपछि ।’ त्यसक्रममा उनले पाँच दललाई गधाको कथासँग तुलना गर्दै भने, ‘हाम्रा मित्रहरु शिलान्यास गर्ने बेलामा विरोध गर्छन् । उद्घाटन गर्ने बेलामा कुरो बुझ्छन् र वत्ति बाल्न जान्छन् । ’
उनले विगतमा आफुले प्रतिकूलताका बीचमा सरकार चलाएको पनि बताए । ‘विचार गर्नुस् त कसरी चलायौ होला प्रतिकूलतामा । यतापट्टि प्रचण्ड उतापटिट माधव नेपाल, पर्तिर झलनाथ खनाल राखेको छ । उता अर्को छ । देश भन्नेबित्तिकै देशभन्दा पहिला मेरो कुरा भन्नुछ भनेर उफ्रिन्छ, दुई घण्टासम्म कराउँछ’, ओलीको भनाइ छ ।
नेकपा एमाले भोटका लागि नभई विकासका लागि राजनीति गर्ने समेत ओलीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेका ९५ प्रतिशत बालिकाले लगाए ‘एचपीभी’ खोप
-
१० जना प्रहरीको नाममा प्रधान कार्यालयले निकाल्यो सूचना
-
शान्ति सुरक्षा भङ्ग हुनसक्ने परिस्थिति उत्पन्न भएको भन्दै ताप्लेजुङमा कर्फ्यु
-
च्याम्पियन्स ट्रफी : इंग्ल्याण्डविरुद्ध अस्ट्रेलियाको कीर्तिमानी जित
-
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना