नेपाल टेलिकमको प्रबन्ध निर्देशक छनोटमा विवाद

नेपाल टेलिकमको प्रबन्ध निर्देशक छनोटको मुद्दामा टेलिकम सम्बद्ध कर्मचारी युनियनहरूले तीव्र विरोध जनाएका छन् । योग्यता, अनुभव तथा टेलिकम भित्रकै वरिष्ठताको आधारमा प्रबन्ध निर्देशक छनोट नगरी सरकारले बिचौलियाको भरमा विवादित व्यक्तिलाई टेलिकममा भित्र्याउन लागेको भन्दै कर्मचारी युनियनहरूले विरोध जनाएका हुन् ।
गत आइतबार टेलिकम सम्बद्ध कर्मचारी संगठन ‘नेपाल टेलिकम वर्कर्स युनियन (एनटीसीयू)’ ले प्रबन्ध निर्देशक छनोटको प्रक्रिया विरुद्ध विरोध जनाउँदै सरकारको ध्यानाकर्षण गराएको छ । यूनियनले सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयलाई ध्यानाकर्षण पत्र लेख्दै विवादित व्यक्तिलाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्त नगर्न र वरिष्ठताका आधारमा टेलिकमकै अनुभवी कर्मचारीलाई अवसर दिन आग्रह गरेको छ ।
नेपाल टेलिकमको प्रबन्ध निर्देशक जस्तो संवेदनशील पदमा बिना प्रतिस्पर्धा जोकोहीलाई नियुक्त गरिँदा बिचौलियाको चलखेल बढ्ने जनाउँदै युनियनले सरकार परिवर्तन भएसँगै प्रबन्ध निर्देशक समेत परिवर्तन भइरहने प्रवृत्ति समेत अन्त्य गर्न सरकारसँग माग गरेको छ । यसका लागि सरकारले व्यवस्थापन, क्रियाशील युनियनहरू र सञ्चार मन्त्रालयबीच गत आश्विन १० गते भएको सहमति अनुरूप ‘नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधा सम्बन्धी निर्देशिका २०७२’ कडाइकासाथ कार्यान्वयनमा ल्याउन समेत माग गरेको छ ।
गत वैशाख २२ गते गोरखापत्रमा एक सूचना जारी गर्दै सूचना तथा सञ्चार मन्त्रालयले टेलिकमको प्रबन्ध निर्देशक पदको लागि दरखास्त माग गरेको थियो । भने यहीँ चैत १७ गते मन्त्रालयले अन्तिम नामावलीमा प्रबन्ध निर्देशकमा सुनिल पौडेलको नाम प्रकाशित गरेको थियो । छनोटमा परेका पौडेल यसअघि सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा समेत मुछिएको र यस्तो विवादित व्यक्तिलाई प्रबन्ध निर्देशकमा ल्याउन प्रावधान नै संशोधन गरिएको युनियनको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ जना मृत अवस्थामा फेला
-
नेविसंघ इकाई उपसभापति बस्नेतले दिए नेपाल कमर्स क्याम्पसबाट स्वतन्त्र उम्मेदवारी
-
काठमाडौँको गेस्ट हाउसमा जुवातास खेलिरहेका ७ जना पक्राउ
-
विरोधको सूचना दर्ता गर्ने सुवाल प्रतिनिधिसभामा अनुपस्थित
-
'आउटलः दफा २१९’लाई पीजी सर्टिफिकेट, देशभर बुकिङ खुल्यो
-
तोडिएला त आईपीएलको इतिहासमा क्रिस गेलको नामसँग जोडिएका यी तीन गजबका कीर्तिमान ?