आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

घटे अर्बपति, यसवर्ष विश्वभर २६ सय ६८ जना अर्बपति

बुधबार, २३ चैत २०७८, १३ : ५५
बुधबार, २३ चैत २०७८

युद्ध, महामारी र आर्थिक मन्दीले यो वर्ष विश्वभर अर्बपतिको संख्यामा पनि गिरावट आएको छ । यो वर्ष अर्बपतिको संख्या २६६८ जना रहेको  फोर्ब्सको ३६ औं वार्षिक र्याङकिङले देखाएको छ । यो संख्या गत वर्षको तुलनामा ८७ जनाले कम हो । 

उनीहरुको कुल सम्पत्ति १२७ खर्ब डलर रहेको छ । यो २०२१ को तुलनामा ४ खर्बले कम हो । रुसमा अर्बपतिको संख्यामा गिरावट आएको छ । त्यहाँ गत वर्षको तुलनामा ३४ जना कम अर्बपतिको संख्या रहेको छ । यसैगरी चीनमा पनि अर्बपतिहरुको संख्यामा कमी आएको छ । 

चिनियाँ सरकार प्रविधि कम्पनीहरूमाथि जाइलागेपछि सूचीमा चिनियाँ अर्बपतिको संख्यामा ८७ जनाले कमी आएको बताइएको छ । यद्यपि फोब्र्सकाअनुसार १००० जना अर्बपतिको सम्पत्तिमा वृद्धि भएको छ र एक वर्षको अवधिमा २३६ नयाँ अर्बपति थपिएका छन् ।

यसमा बार्बाडोस, बुल्गेरिया, इस्टोनिया र उरुगुुएबाट पनि अर्बपति थपिएका छन् । अर्बपतिको संख्यामा अझैपनि अमेरिका शीर्ष स्थानमा रहेको छ । यो मुलुकमा ७३५ अर्बपतिहरु रहेका छन् । उनीहरुको कुल सम्पत्ति ४७ खर्ब डलर रहेको छ ।

इलोन मस्क पहिलोपटक विश्वका अर्बपतिको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन् । मकाउ र हङकङलाई समेत जोड्दा चीन अर्बपतिको संख्यामा दोस्रो स्थानमा रहेको छ । यो मुलुकमा ६०७ अर्बपति रहेका छन् । उनीहरुको कुल सम्पत्ति २३ खर्ब छ ।

अर्बपतिहरुको सूचीमा पहिलो नम्बरमा रहेका इलोन मस्कको सम्पत्ति २१९ अर्ब डलर रहेको छ । उनको टेस्ला र स्पेस एक्स अटोमोटिभ लगायतमा स्वामित्व रहेको छ । दोस्रोमा जेफ बेजोस छन् । उनको कुल सम्पत्ति १७१ अर्ब डलर रहेको छ । उनको कम्पनी अमेजन हो ।

तेस्रोमा बर्नाड अरनाउल्ट एन्ड फेमिली छ । उनको कुल सम्पत्ति १५८ अर्ब डलर छ ।  चौथोमा १२९ अर्ब डलरका साथ बिल गेट्स रहेका छन् । उनको कम्पनी माइक्रोसफ्ट हो । पाचौमा वारेन बफेट छन् । उनको कुल सम्पत्ति ११८ अर्ब डलर छ ।

दसौँ स्थानमा भारतका मुकेश अम्बानी छन् । उनको कुल सम्पत्ति ९०.७ अर्ब डलर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप