बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल बारको निर्वाचन : गठबन्धनका उम्मेदवार करिब ४ सय मतले अगाडि

महासचिवका उम्मेदवारको मतान्तर घट्दै
बुधबार, २३ चैत २०७८, ०३ : ००
बुधबार, २३ चैत २०७८

नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमिति निर्वाचनको मतगणना जारी छ । हालसम्मको मत परिणामअनुसार अध्यक्षका प्रत्यासी गोपालकृष्ण घिमिरे करिब ५ सय मतले अगाडि छन् । बिहान ११ः३० बजेसम्मको मतगणनाअनुसार गठबन्धनबाट अध्यक्षका प्रत्यासी बनेका गोपालकृष्ण घिमिरेले ९३२ मत पाएका छन् ।

प्रगतिशील समूहबाट उम्मेदवारी दिएका विष्णुमणि अधिकारीले ४६३ मत पाएका छन् । सत्ता गठबन्धनका तर्फबाट प्रत्यासी बनेका घिमिरेले एमाले निकटका उम्मेदवार अधिकारीलाई करिब ५ सय मतले पछि पारेका छन् । 

त्यसैगरी महासचिवका उम्मेदवारमध्ये गठबन्धनकी अन्जिता खनालले ८३६ मत पाउँदा प्रगतिशील खेमाका केदारप्रसाद कोइरालाले ५५० मत पाएका छन् । महासचिवमा भने सत्ता गठबन्धनकी उम्मेदवार खनाल मात्र २८६ मतले अगाडि छन् । 

नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेलकाअनुसार महासचिव बाहेक अन्य सबैजसो पदमा सत्ता गठबन्धनका उम्मेदवारहरू करिब ४ सय मत अन्तरले अगाडि छन् ।  हालसम्म करिब १ हजार ५ सय मत गनिएको छ ।

हालसम्म प्रदेश नम्बर १ को विराटनगरबाहेक अन्य सबै स्थानको मत गनि सकिएको छ भने प्रदेश नम्बर २ को राजविराजको मत गन्न बाँकी छ । त्यस्तै सर्वोच्च अदालत बारको ३६२ मत र ललितपुर बारको २ सय मत गनि सकिएको छ । 
एमाले निकट प्रगतिशील समूहको पकड रहेको पाटन बार र काठमाडौं जिल्ला बारको मत भने अझै गन्न बाँकी नै छ ।  बारको निर्वाचनमा करिब ७ हजार ४ सय मत खसको थियो । अध्यक्ष पदमा निर्वाचित हुन करिब ३ हजार ७ सय मत ल्याउनु जरुरी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप