बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

५ देखि ११ वर्ष सम्मका बालबालिकाले कहिले पाउँछन् कोभिड–१९ विरुद्धको खोप ?

बुधबार, २३ चैत २०७८, १३ : २३
बुधबार, २३ चैत २०७८

सरकारले ५ देखि ११ वर्ष सम्मका बालबालिकाका लागि कोभिड १९ विरुद्धको खोप अझै खरिद प्रक्रिया रहेको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकाको खोप खरिद प्रक्रियामै रहेको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेककुमार लालले बालबालिकाका लागि ल्याउने भनिएको खोप खरिद प्रक्रियामै रहेको बताए । उनले बालबालिकाका लागि ल्याउने भनिएको खोप खरिद प्रक्रियामै रहेको र फाइल स्वास्थ्य मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पुगेको जानकारी दिए ।

१२ वर्षमाथिका सबै उमेर समूहले खोप दिइरहँदा ५ देखि ११ वर्षसम्मका बालबालिकाले भने खोप लगाउन पाएका छैनन् । मन्त्रालयका उच्च अधिकारीहरुले वैशाखदेखि जेठभित्र बालबालिकालाई खोप दिइने बताउँदै आएका छन् ।

सरकारले खोप खरिद प्रक्रिया जारी रहेको बताइरहँदा बालबालिकाले कहिलेसम्म खोप पाउँछन् भन्ने निश्चित भएको छैन । ५ देखि ११ वर्षसम्मका बालबालिकालाई ८४ लाख मात्रा खोप आवश्यक पर्ने मन्त्रालयले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप