बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

श्रीलंका जस्तै आर्थिक संकटमा नेपाल जाँदैन : पूर्वगर्भनर नेपाल

बुधबार, २३ चैत २०७८, १३ : ०८
बुधबार, २३ चैत २०७८

विदेशी मुद्रा घट्दै जानाले मुलुकको आर्थिक अवस्था संकटमा धकेलिँदै गएको नेपाल राष्ट्रका पूर्व गर्भनर चिरञ्जिवी नेपालले बताएका छन् । बुधवार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको मुलुकको आर्थिक अवस्था विषयक साक्षात्कार कार्यक्रममा बोल्दै पूर्वगर्भनर नेपालले यस्तो बताएका हुन् ।

कोरोना भाइरस पश्चात् आर्थिक अवस्था किन घट्दै गएको छ भन्ने सवालमा सरकारले कर्जा विस्तार अहिलेसम्मकै सबैभन्दा धेरै ३२ प्रतिशत बढी गरेको बताए ।  जबकि, मौद्रिक नीति १९ प्रतिशत रहेको वेला लगानी गर्नु अशोभनीय हुन गएको उनको भनाइ छ ।

उनले, मुलुकको आर्थिक अवस्थालाई मजबुत बनाउनका लागि हरेक कुरामा सञ्चितिकरण गर्नुपर्ने ध्यान दिनुपर्ने र निर्यातलाई बढाउनु पर्नेमा जोड दिए । अहिले नेपालको अवस्था ऋण तिर्न सक्ने रहेको भन्दै, सधैँ ऋणमा मात्रै भर पर्न नहुने बताउँदै, उत्पादन र निर्यातलाई ऊर्जाशील बनाउने बाटोमा सरकार गम्भीर रूपमा अगाडि बढ्नुपर्नेमा सुझाए ।

श्रीलंकामा उत्तरपुस्तिका किन्ने पैसा समेत नभएर सबै तहका परीक्षा रोकिएको घटना जस्तै अवस्था नेपालमा तत्काल नआउने दाबी उनले गरे । अहिले नै नेपाल, श्रीलंका जस्तै स्थितिमा पुग्छ भनेर आत्तिनु पर्ने अवस्था नरहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप