मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको भाउ तीन सय रुपैयाँले घट्यो

बुधबार, २३ चैत २०७८, १२ : ५४
बुधबार, २३ चैत २०७८

सुनको भाउ बुधबार तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको  ९८ हजार पाँच सय रुपैयाँ कायम भएको छ । यसअघि, मंगलबार सुन तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार तेजाबी सुनको भाउ तोलाको ९८ हजार निर्धारण भएको छ । चाँदीको भाउ पनि पाँच रुपैयाँले घटेको छ। मंगलबार एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार तीन सय ३५ रुपैयाँ निर्धारण भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप