आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

राखेपका पूर्व सदस्य–सचिव विष्टको मेयरमा उठ्ने चाहना

बुधबार, २३ चैत २०७८, १२ : ३९
बुधबार, २३ चैत २०७८

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्य–सचिव केशव कुमार विष्टले मेयरमा उठ्ने भएका छन् ।  उनले आफू इटहरी उप–महानगरपालिकाबाट मेयर उठ्ने चाहना भएको बताएका छन् ।  नेकपा (एकीकृत समाजवादी) पार्टीबाट राजनीति गर्ने विष्टले आगामी बैशाखमा हुने चुनावका लागि आफ्नो पनि दावेदारी रहेको बताएका छन् । 

‘इटहरी उप–महानगरपालिकामा हाम्रो दावेदारी रहेको छ । एमालेबाट द्वन्द गरेका आएका हामीलाई मेयर दिनुपर्छ भनेका छौं । अब पार्टीको आन्तरिक छलफल हुन बाँकी छ,’ विष्टले रातोपाटीसँगको कुराकानीमा भने । 
विष्टले इटहरी उप–महानगरपालिकामा मेयर एकीकृत समाजवादी पार्टीले पाए आफू नै मेयरमा उठ्ने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप