फिफाको समय नमिल्दा चुनावको मिति सर्यो : एन्फा

अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावको मिति सरेको छ । फुटबलको सर्वाेच्च निकाय फिफाको समय नमिल्दा चुनाव सरेको एन्फाले बताएको छ । यसअघि जेठ १५ गतेका लागि तय भएको थियो । फिफाका प्रतिनिधिहरू चुनावमा नेपाल आउन समय नमिल्दा चुनावको मिति सार्नु परेको एन्फाले बतायो ।
एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले फिफालाई चुनावको मिति सिफारिस गर्न पत्र पठाएको र त्यहाँबाट समय नमिलेका कारण नयाँ मितिमा सहमति भएको उनले बताए । ‘फिफालाई हामीले चुनावको मिति सिफारिस गर्न पत्र पठाएका थियौं । उताबाट समय नमिल्ने भएका कारण नयाँ मिति आयो । असार ६ गते चुनाव गर्ने भनेर सहमति भएको छ । फिफाले उक्त मिति सिफारिस गरेको छ,’ शेर्पाले रातोपाटीसँगको कुराकानीमा भने ।
चुनावको मिति सरे पनि एन्फाले साधारण सभामा राखेका विषयबस्तुहरु भने निर्धारित समयमा हुनेछन् । एन्फा कार्यसमिति सदस्य किरण राईले चुनावको मिति सरे पनि अन्य कार्यक्रमहरु निर्धारित समय मै हुने बताए । ‘चुनावको मिति मात्र सरेको हो । विषेश साधारणसभामा भएका अन्य क्रियाकलाप भने निर्धारित समयमा नै हुनेछन्,’ राईले रातोपाटीसँगको कुराकानीमा भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काउली खेतीबाट मालामाल, बने जिल्लाकै उत्कृष्ट किसान
-
सक्षम नागरिक उत्पादनको जग नै कमजोर
-
नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाद्वारा शपथ ग्रहण
-
उड्डयन प्राधिकरण सम्बन्धी संसदमा पेस, सेवा प्रदायक र नियामक फरक बनाइने
-
‘०८४ मा बहुमत पुर्याउँछौँ, अकुत सम्पत्तिमा बेहोस भएकाहरूलाई ब्युँझाउँछौँ’
-
आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट : आयोजक हुँदा भारत र दक्षिण अफ्रिका पनि बाहिरिएका थिए समूहगत चरणबाटै