शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मातातीर्थ आयुर्वेद औषधालय आफ्नै भवनमा , पञ्चकर्म सहितको आयुर्वेद सेवा दिने

बुधबार, २३ चैत २०७८, १२ : २३
बुधबार, २३ चैत २०७८

चन्द्रागिरी नगरपालिका स्थित वडा नम्बर ८ स्थित मुहान टोलमा मातातीर्थ आयुर्वेद औषधालयको नवनिर्मित भवनमा आयुर्वेद उपचार पद्धतिबाट सेवा शुरु भएको छ । भाडाको घरबाट सेवा प्रदान गरिरहेको मातातीर्थ आयुर्वेद औषधालयको आफ्नै एकतले भवन मंगलबार उद्घाटन गरेर सेवा सञ्चालनमा आएको हो । चन्द्रागिरी नगरपालिका र वडा नम्बर ८ को संयोजकत्वमा भवनको निर्माण गरीएको हो ।

भवनको उद्घाटन गर्दै चन्द्रागिरी नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले जडिबुटीको प्रशोधन, उत्पादन तथा आयुर्वेदिक अनुसन्धान केन्द्रको स्थापना गर्दै नगरपालिकालाई स्वास्थ्य हवका रुपमा विकास गर्ने बताए ।

नगरप्रमुख गिरीले नगरपालिकाको वडा ६,८ र १२ गरि ३ स्थानबाट आयुर्वेदिक सेवा प्रदान हुने र आयुर्वेद सम्बन्धि उत्पादन र बजारीकरण कार्यमा पनि नगरपालिकाले पहली कदम चाल्ने र सबै वडामा सेवा बिस्तार गर्ने बताए । उनले जर्मनी विकास बैंकको सहयोगमा १ अर्बको प्रसुती विशेषज्ञ अस्पतालको पनि सम्झौता भइसकेको बताए ।

मातातीर्थ आयुर्वेद औषधालय प्रमुख नारायण आचार्यले औषधालयले आयुर्वेदिक औषधी निःशुल्क उपलब्ध गराइने बताए । 

कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले स्वस्थ जीवनशैलीका लागि आयुर्वेद महत्त्वपूर्ण रहेको बताए । कार्यक्रममा आयुर्वेद काउन्सिलका अध्यक्ष डा सन्तोष ठाकुर, स्वास्थ्य मन्त्रालय आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा प्रमुख डा. बाबुराजा अमात्य तथा डा सिद्धार्थ ठाकुरले आयुर्वेदिक उपचार बारे जानकारी दिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप