बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ वर्षमा सुजुकीको कार किन्दा यस्ता छन् अफर

बुधबार, २३ चैत २०७८, ११ : ५२
बुधबार, २३ चैत २०७८

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता सीजी मोटोकर्पले  यस नयाँ बर्षमा कार किन्नेहरूका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी ह्याप्पी न्यू कार’ सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले दुई लाख रुपैयाँसम्म बराबरको नगद छुट, एक लाख पच्चिस हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्ड मार्फत पचहत्तर हजार सम्म अतिरिक्त छुट  पाउन सक्ने कम्पनीले जनाएको छ । 

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३८ वटै सोरूमहरुमा लागू हुने कम्पनीको भनाइ छ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुने बताइएको छ । सुजुकी ब्रान्डले एस्प्रेसो, वागेन आर्, सेलेरिओ, इग्निस्, स्विफ्ठ्, बलेनो, डिजाएर, सिआज्, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्स्एल सिक्स्, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरु विक्री बितरण गर्दै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप