नेपाल एसबिआई बैंकको एटिएम र पिओएस मेसिनहरुमा रुपे कार्डको प्रयोग हुने
बुधबार, २३ चैत २०७८, ११ : ३७
नेपाल एसबिआई बैंकले आफ्नो एटिएम र पिओएस मेसिनहरूमा रुपे कार्ड प्रयोग हुने जानकारी गराएको छ। नेपालमा रुपे कार्डको सुरुवात संयुक्त रूपमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा गरिएको हो ।
रुपे भारतको पहिलो विश्वव्यापी कार्ड भुक्तानी प्रणाली हो र नेशनल पेमेन्ट कर्पोरेशन अफ इन्डियाको प्रोडक्ट हो । नेपालमा रुपे को सुरुवातले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने अध्याय थप्ने कम्पनीले जनाएको छ ।
नेपालमा रुपे ब्रान्डेडका कार्डहरू स्वीकार हुने एक मात्र बैंक नेपाल एसबिआई बैंक लिमिटेड हो। हाल, रुपे कार्डका सबै भेरियन्टहरू नेपाल एसबिआई बैंकको पिओएस मेसिनहरूमा प्रयोग गर्न सकिन्छ भने रुपे कार्डका ग्लोबल भेरियन्ट नेपाल एसबिआई बैंकको एटिएम टर्मिनलहरूमा प्रयोग गर्न सकिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कोनको बुढानीलकण्ठ जग्गा विवादमा जिल्ला अदालतले मगायो प्रमाण र लिखित जवाफ
-
वर्ल्डलिंक कम्युनिकेसनले पायो नयाँ लाइसेन्स
-
सेवा निवृत्त लेफ्टिनेन्ट जनरललाई ट्रम्पले बनाए युक्रेन–रुसको विशेष दूत
-
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
बिना अपराधमा २७ वर्ष जेल बस्ने पुरुषलाई दिइयो १७ करोड ६० लाख रुपैयाँ
-
ट्रम्पको मन्त्रीपरिषदमा मनोनीत सदस्यलाई बम हान्ने धम्की