आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

निसान किक्समा ३ लाख ५० हजार नगद छुट

बुधबार, २३ चैत २०७८, ११ : ३२
बुधबार, २३ चैत २०७८

निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले नयाँ वर्ष २०७९ को अफरको रुपमा एउटै गाडी निसान किक्समा ३ लाख ५० हजार नगद छुट अफर ल्याएको छ । सो अफरमा कम्पनीले १ वर्ष सम्मको इन्स्योरेन्स र सडक कर छुट दिने जनाएको छ । समग्रमा ४ लाख ५२ हजारको छुट उपलब्ध हुने कम्पनीको भनाइ छ ।

कुनै पनि ब्रान्डको पुरानो गाडीसँग नयाँ निसान किक्स साट्न सकिने अफर समेत उपलब्ध रहेको जनाइएको छ । यसका लागि स्पट एक्सचेन्ज र भ्यालुएसन उपलब्ध हुने कम्पनीको भनाइ छ । सो अफर अप्रिल ३० अर्थात बैशाख १७ सम्म लागू हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप