‘गठबन्धन गाह्रो छ, यो माओवादीलाई मात्रै चाहिएको होइन’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका युवा नेता सरल सहयात्री (पौडेल) अहिले बागमती प्रदेश अध्यक्षको जिम्मेवारीमा छन् । काठमाडौँ, ललितपुर र भरतपुरसमेत तीनवटा महानगरपालिकासहित ११९ स्थानीय तह रहेको बागमती प्रदेशमा माओवादीले स्थानीय चुनावको के कस्तो तयारी गरिरहेको छ भन्नेबारे चासो राख्दा पार्टीले एक्लै ४० स्थानीय तह जित्ने सहयात्रीले दाबी प्रस्तुत गरे ।
सत्ता गठबन्धनको गृहकार्यबारे सोधिएको प्रश्नमा भने उनले गठबन्धन गर्न गाह्रो रहेको प्रतिक्रिया दिए । गठबन्धन माओवादीलाई मात्रै नचाहिएको बताउँदै उनले जुन दलले जितेको हो, त्यो ठाउँ छाड्न नमान्दा गठबन्धन सोचे जसरी शतप्रतिशत सफल नहुने विश्लेषण सुनाए । माओवादी नेता–कार्यकर्ताहरूले चुनावमा गठबन्धन नगरे बर्बादै भइन्छ भन्ने मानसिकता त्याग्नुपर्ने र चुनावमा आफ्नो भूमिका परिवर्तन गर्नुपर्ने बताए ।
बागमती प्रदेशमा यसअघि माओवादीले १६ स्थानीय तह जितेको थियो । आगामी चुनावमा पार्टीले सिट बढाउने दाबी गर्दै उनले भने, ‘यसअघि हामीले जितेका पालिकालाई जोगाउनुपर्नेछ । हामीले ठीक ढंगले जनपरिचालन गर्न सक्यौँ भने ११९ स्थानीय तहमध्ये ४० स्थानीय तह जित्ने आधार छ ।’
सिन्धुपाल्चोक निवासी युवा नेता सहयात्री पूर्वजनमुक्ति सेनाका कमाण्डरसमेत हुन् । हामीले सहयात्रीसँग हालै प्रकाश सपुतले सार्वजनिक गरेको ‘पिर’ गीतको विषयमा पनि जिज्ञासा राख्यौँ । प्रस्तुत छ, माओवादी नेता सहयात्रीसँग रातोपाटीले गरेको कुराकानी –
बाग्मती प्रदेशमा नेकपा माओवादी केन्द्रको अवस्था कस्तो छ ?
हामीले बाग्मती प्रदेशमा यसअघि कुल १६ स्थानीय तह जितेका थियौँ । यहाँ जितेका अधिकांश पालिकाहरू पार्टीको आधारभूत शक्तिमै रहेर जितेका हौँ । सानो सङ्ख्यामा उम्मेदवारको व्यक्तित्वका कारणले जितेका छौँ । नभए, धेरैजसो पालिकामा सबै वडासहित जितेका छौँ । यदि हामीले चुनावी कार्यनीतिलाई ठीक ढंगले निर्माण गर्ने हो भने माओवादी एकदमै कमजोर होइन ।
हामी दोस्रो भएर हारेको मतलाई विश्लेषण गर्दा प्रतिस्पर्धालाई जितमा रूपान्तरण गर्न सक्छौँ । यसका लागि हाम्रा चुनावी भूमिकाहरूलाई बदल्न जरुरी छ । त्यसो भएमा हामी दोस्रो भएका पालिकालाई जितमा रूपान्तरण गर्न सक्छौँ । हामी दोस्रो भएर हारेका २० भन्दा बढी पालिका छन् । अरू तेस्रो स्थानमा भएका पालिकालाई बल गरे जित्न सक्ने अवस्था छ ।
यसअघि हामीले जितेका पालिकालाई जोगाउनुपर्नेछ । हामीले ठीक ढंगले जनपरिचालन गर्न सक्यौँ भने ११९ स्थानीय तहमध्ये ४० स्थानीय तह जित्ने आधार छ । त्यो प्रारम्भिक अभ्यासबाट आकलन गरेका छौँ ।
अर्को कुरा, गठबन्धन माओवादीलाई मात्रै चाहिएको भन्ने गरी प्रचार भइरहेको छ, त्यो हुँदै होइन । हामीले माओवादीले जितेका स्थानीय तहलाई माओवादीकै जस्तो बनाउनु परेको हो । हामीले देशैभर ११६ पालिका जितेका छौँ । ती सबै पालिकालाई हाम्रो मोडल अनुरूपको बनाउने मुख्य चिन्ता हो ।
चुनावी गठबन्धनका विषयमा बागमतीमा प्रयास पनि भइरहेको छ कि ?
चुनावी गठबन्धनका विषयमा सामान्यरुपमा छलफल भइरहेको छ । यो पनि प्रारम्भिक चरणमा छ । तर, सरसर्ती हेर्दा स्थानीय तहका समस्या आफ्नै खालका छन् । एउटा पालिका अर्को दललाई मूलतः बाँड्ने स्थिति छैन । यदि गठबन्धनका दलहरू पूर्णरुपमा दुवै ठाउँमा कमजोर छन् भने त्यसको बाँडफाँट सजिलो छ । त्यस्तो अवस्थामा एक–एक पालिका भाग लगाएर मिलेर लड्न सकिन्छ ।
गठबन्धनमा सहभागी दलहरू जित्ने सम्भावना भएका ठाउँहरूमा दुवै पक्षले छोड्ने सम्भावना कम हुन्छन् । जस्तै– माओवादी बलियो भएको ठाउँमा माओवादी छोड्न चाहँदैन । अरू दल बलियो भएको ठाउँमा अरू दलले मान्दैनन् । त्यो भएपछि गठबन्धनलाई सोचेजस्तो शतप्रतिशत सफलता हासिल गर्ने गरी गठबन्धन बनाउन गाह्रो छ ।
अर्को कुरा, गठबन्धन माओवादीलाई मात्रै चाहिएको भन्ने गरी प्रचार भइरहेको छ, त्यो हुँदै होइन । हामीले माओवादीले जितेका स्थानीय तहलाई माओवादीकै जस्तो बनाउनु परेको हो । हामीले देशैभर ११६ पालिका जितेका छौँ । ती सबै पालिकालाई हाम्रो मोडल अनुरूपको बनाउने मुख्य चिन्ता हो । हामीले कति पालिका त्यस्तो बनायौँ, अर्को विषय भयो ।
हामीले एकैपटक ७५३ पालिका जित्न सक्दैनौँ । बागमती प्रदेशको चिन्ता हामीले जितेका स्थानीय तह मातहतका शैक्षिक संरचनालाई व्यवस्थित गरेर आफ्नो लक्ष भेट्ने भनेका छौँ । ती पालिकालाई व्यवस्थित गरेर माओवादीले व्याख्या गरेको भिजनलाई संस्थागत गर्ने भनिएको छ ।
माओवादीका कुनै पनि नेता कार्यकर्ता अहिलेको चुनावमा गठबन्धन अपरिहार्य हो र यदि गठबन्धन भएन भने बर्बाद हुन्छ भन्ने मानसिकतामा रहनुहुँदैन । हामी आफ्नै संगठनमा सक्षम छौँ भन्ने कुरालाई नै तलसम्म लैजानुपर्ने छ । बागमतीमा सबै साथीहरूलाई यही ट्रेण्ड गरेको छु ।
हाम्रोमा जर्बजस्त राजनीतिकरण यस्तो छ कि एकपटक माओवादी भएपछि सधैँका लागि माओवादी । एकपटक एमाले वा काँग्रेस भए सधैँका लागि हो भन्ने छ । मतदाताले पनि आफ्नो जुन विचार हो, त्यो बदल्न चाहँदैन ।
पछिल्लो समय बागमतीमा माओवादीको सदस्यता र संगठन विस्तारको अवस्था कस्तो छ ?
यस प्रदेशमा एक लाख ४७ हजार पार्टी सदस्य छन् । यी पार्टी सदस्यलाई परिचालनको मोडल व्यवस्थित गराउन सक्यौँ भने धेरै राम्रो हुन्छ । हामी माओवादीहरू संगठन परिचालनमा सक्षम हौँ । सामान्य जनतालाई पनि सेना बनाएर त्यही स्तरमा उठाएर लडेको इतिहास छ । त्यो पनि समाजको पिँधमा रहेका महिला, दलित, जनजाति समुदायलाई लड्न सकिन्छ भन्ने मनोविज्ञान उठाएर हिँडाउन सक्ने पार्टी हो । त्यो सबल पक्ष हामीले बीचमा कहीँ न कहीँ भुलेका छौँ । वा यो परिस्थितिमा ठीक ढंगले परिचालन गर्न र त्यसमा अपडेट गर्न सकेनौँ कि भन्ने छ । यदि भएका सबै पार्टी सदस्यलाई परिचालन गर्न सक्यौँ भने यहाँ आधाभन्दा बढी स्थानीय तह जित्ने अवस्था छ ।
एमसीसी व्याख्यात्मक टिप्पणीसहित पारित भएपछि यसबाट संगठन विस्तारमा समस्या खडा भएको छ कि छैन ?
एमसीसी राष्ट्रियरुपमा भएको नीतिगत निर्णय भयो । नीतिगत सवालमा हामीले अरूले भन्दा राम्रो गर्यौँ भन्ने छ । अरूले जस्ताको त्यस्तै पारित हुनुपर्छ भनेका थिए, हामीले तुलनात्मक रूपमा राम्रो गर्यौँ । शतप्रतिशत एमसीसी खारेज गर्नुपर्छ भन्ने सवालबाट हेर्दा माओवादीको अपेक्षामा खलल आएको हुन सक्छ, त्यो अर्कै कुरा भयो । नेपालको सामाजिक संरचनामा एमसीसी पारितको सवालले चुनावमा खासै फरक पार्दैन ।
हाम्रोमा जर्बजस्त राजनीतिकरण यस्तो छ कि एकपटक माओवादी भएपछि सधैँका लागि माओवादी । एकपटक एमाले वा काँग्रेस भए सधैँका लागि हो भन्ने छ । मतदाताले पनि आफ्नो जुन विचार हो, त्यो बदल्न चाहँदैन । त्यसैले एमसीसी जस्ताको त्यस्तै पारित गर्नुपर्छ भन्ने दललाई पनि खासै फरक पारेको छैन । हामीलाई झन् किन फरक पार्छ र ? हामी त्योभन्दा अघि बढेर संसदबाट व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने अवस्थासम्म पुग्यौँ । त्यसैले हामीलाई ठूलो असर गर्दैन । अर्को कुरा, जनतालाई एजेण्डा देखाएर सोच परिवर्तन गर्न अझै समय लाग्छ । हामीकहाँ केजरीवाललाई हेरेर धेरै फसेका छन् ।
विकासको मोडलमा भरतपुर महानगर रोज्ने हो भने अरू कुनै स्थानीय तह रोज्नु पर्दैन । जनताले व्यक्तिगतरुपमा उसको जिन्दगीमा के फरक भयो भन्ने हेर्न चाहन्छ । मैले व्यक्तिगतरुपमा जनताको तहमा जाँदा संस्थागत परिवर्तन होस् भन्ने ठान्छु । त्यहीअनुसारको प्रयत्न गरेको छु । मैले आफ्नो बाह्रबिसे नगरपालिकामा जितेको होइन । नेकपा भएपछि मेयर र अरू जनप्रतिनिधिलाई साथ लिएर शिक्षामा परिवर्तन गरौँ भनेर अभियान चलाएँ । सरकारी स्कुलमा निजी मन्टेश्वरी स्कुलको अवधारणा हायर गरेर चलाएँ ।
अस्वाभाविक रूपमा भन्दा नथिया उपन्यास आउँदा बादी समुदायले त्यसको पनि विरोध गरे । किनभने त्यसले संस्थागत प्रहार गर्यो । यो गीत आउँदा संस्थागत रूपमा जनमुक्ति सेनाको इतिहासमा प्रहार गरेको छ ।
यो काम १३ वटा स्कुलमा गरेका छौँ । त्यहाँ शिक्षकको गुणस्तर पनि मेन्टेन गरेका छौँ । तलब नगरपालिकाले व्यवस्था गरेको छ । अभिभावकको गुणस्तर पनि कायम गर्नुपर्ने रहेछ । यो एकै पटक गर्न सम्भव नभएकाले जारी छ । विद्यार्थीलाई पनि कक्षा ७ मा पुगेपछि बदल्छु भनेर सकिँदो रहेनछ । प्रारम्भिक चरणबाटै गर्नुपर्ने रहेछ । हामी अब शैक्षिक सुधार मन्टेश्वरीबाट सुरु गरेर १०÷१५ वर्षमा गुणस्तरीय स्कुल बनाउने अवस्थामा पुग्ने छौँ । अहिले शैक्षिक सुधारको अभियान कक्षा एकमा पुगेको छ । नगरपालिकामा ५ वर्षमुनिका ७ सय भन्दा बढी विद्यार्थी सरकारी स्कुलमा पढ्छन् ।
यी सबै कुराहरू अभिभावकले बुझ्न सके भने र यदि मैले तीमध्ये १० वटा बच्चालाई मन्टेश्वरीमा पढाएको छु भनेर प्रचार गरेको भए मैले आस्था राख्ने पार्टीमा भोट हाल्ने स्थिति बन्छ । । त्यतिबेला म बढी समाजसेवी देखिने थिएँ ।
तर, संस्थागत प्रयत्नको मूल्य कम हुँदो रहेछ । व्यक्तिगत सस्तो प्रचारले समाजलाई छिटो छुँदो रहेछ । अहिलेको समाज सामन्तवादी चेतनाबाट माथि उठ्न सकेको छैन । यसमा कुनै मुक्तिदाता आओस् र त्यसले व्यक्तिगतरुपमा हल गर्देओस् भन्ने समाजको बुझाइको तह छ । यसले गर्दा पनि भिजनरी नेता नभएर त्यसको वरिपरि घुम्ने, के कस्तो छ हालखबर भनेर सोध्ने र मर्दा पर्दा खोज्ने चेतनास्तर छ । त्यसैले भिजनरी नेतालाई समाजले चिन्न सक्ने गरी चेतनाको विकास हुन सकेको छैन ।
हामीकहाँ पार्टीका जुन नेताले जुन तहको नेतृत्व गर्छ, त्यो तहको पार्टी, नीति र त्यो तहको कार्यान्वयन गर्ने विषयमा रिक्तता छ । पार्टी र सरकार ठीक ढंगले जोडिन सकेको छैन । ती जोडिन नसक्दा जनताका असन्तुष्टिहरू व्यवस्थापन हुन सकेका छैनन् । प्रदेश तहको पार्टी, सरकार, विभाग र सङ्गठनहरू खोक्रो नहुने गरी खँदिलो बनाएर लैजानुपर्छ ।
तपाईं माओवादी केन्द्रको बागमती प्रदेश कमिटीको अध्यक्ष हुनुहुन्छ । यस प्रदेशमा रहेका तीनवटा महानगर (काठमाडौँ, ललितपुर र भक्तपुर) मा चुनावी गठबन्धन हुने सम्भावना कति छ ?
सत्ता गठबन्धनमा भागबण्डा हुने भएपछि महानगर, उपमहानगर लगायतमा पनि हुन सक्छ । गठबन्धनमा जुन दलले नेतृत्व लिन्छ, अर्को दल सहायक भूमिकामा हुन्छ । त्यसैले तालमेलको ठ्याक्कै भन्न सक्ने अवस्था छैन।
तपाईंले चाहिँ स्थानीय चुनावमा लड्ने सोच्नुभएको छैन ?
स्थानीय तहमा लड्दिनँ । प्रदेश वा संघ कुनमा लड्ने भन्दा हतारो हुन्छ कि ? मैले जुन तहमा नेतृत्व गरेको छु, त्यो तहमा नेतृत्व गर्न सहज हुन सक्छ । राजनीति भनेको लामो यात्रा हो । त्यसैले बिस्तारै गर्नुपर्छ । अत्तालिएर आजको आजै बदल्छु, मैले मात्रै गर्छु भनेर पनि हुँदैन । मैले प्रदेशको पार्टीको जिम्मा लिएको छु ।
हामीकहाँ पार्टीका जुन नेताले जुन तहको नेतृत्व गर्छ, त्यो तहको पार्टी, नीति र त्यो तहको कार्यान्वयन गर्ने विषयमा रिक्तता छ । पार्टी र सरकार ठीक ढंगले जोडिन सकेको छैन । ती जोडिन नसक्दा जनताका असन्तुष्टिहरू व्यवस्थापन हुन सकेका छैनन् । प्रदेश तहको पार्टी, सरकार, विभाग र सङ्गठनहरू खोक्रो नहुने गरी खँदिलो बनाएर लैजानुपर्छ ।
अन्तिममा, तपाईं जनमुक्ति सेनाको पनि नेतृत्व गरेर आएको नेता हुनुहुन्छ । प्रकाश सपुतको गीतलाई लिएर समाज तरङ्गित भयो । त्यो प्रकरणलाई कसरी हेर्नुहुन्छ ?
मैले यसलाई दुई साइडबाट हेरेको छु । कलाको दृष्टिकोणबाट हेर्दा एउटा स्रष्टाले कुनै घटना विशेषबाट प्रभावित भएर दुःख पाएको विषयलाई प्रस्तुत गर्नुलाई नराम्रो रूपमा लिनुहुँदैन । त्यसलाई अस्वाभाविक रूपमा लिनु पनि हुँदैन ।
अस्वाभाविक रूपमा भन्दा नथिया उपन्यास आउँदा बादी समुदायले त्यसको पनि विरोध गरे । किनभने त्यसले संस्थागत प्रहार गर्यो । यो गीत आउँदा संस्थागत रूपमा जनमुक्ति सेनाको इतिहासमा प्रहार गरेको छ ।
प्रकाशजीले आफूले उठाएको विषय वस्तुलाई राम्रोसँग बुझ्नुहुन्छ । उहाँले बारम्बार यो आन्दोलनमा किन सहभागी भइनँ, यो आन्दोलनको किन हिस्सेदार भइनँ भनेको सुनेका छौँ । उहाँले माओवादी आन्दोलनलाई मनदेखि स्वीकार गर्नुभएको छ । परिवर्तनका योद्धाहरूको संस्थागत सम्मानमा आँच आउने गरी नगरेको भए हुन्थ्यो कि भन्ने छ । संस्थागतरुपमा आँच आउँछ कि भनेर सचेत रहनुपर्छ । एक ढंगले भन्दा यो संस्थागत गुनासो हो ।
एउटा घटनालाई लिएर सिङ्गो समुदायलाई प्रहार गर्नहुन्न । साथीहरूले दुःख पाएका छन् । कतिपयले विदेशमा गएर कडा परिश्रम गरेका छन् । उहाँले जुन तरंग हुने गरी जुन उठान गर्नुभयो, त्यसले हामीकहाँ बहस सिर्जना गरेको छ । भोलिका दिनमा संस्थागत अहित हुने गरी गीत बनाउनुहुँदैन भन्ने बोध भयो । उहाँले पनि योद्धाहरू खुसी हुन्छन् भन्ठानेको, दुःखी बनायो भन्नुभयो । त्यसमा उहाँले क्षमा मागिसक्नुभयो । उहाँले रियलाइज गर्नुभयो, त्यही नै ठूलो कुरा हो ।
त्यो घटना भएपछि म अध्यक्षलाई भेट्न गएँ । जनयुद्धका योद्धाहरूको कुरा अध्यक्षले प्रधानमन्त्रीसँग पनि राखिसक्नुभएको छ । मैले महाधिवेशनमा पनि यस्ता विषय उठाएका थिएँ । जनमुक्ति सेनामा लागेर लडेका साथीहरूलाई गणतन्त्रको सेनानी उपाधि दिनुपर्छ भनेका छौँ । त्यस्तो भएमा सम्मान गर्ने संस्थागत वातावरण पनि बन्छ । फेरि राज्यका तर्फबाट केही हुँदै नभएको भन्ने पनि होइन, भइरहेको छ ।
घाइतेहरूको निःशुल्क उपचार गर्ने व्यवस्था गर्नुपर्ने छ । पार्टीले पनि संस्थागत रूपमा कोष पनि बनाउनुपर्ने छ । त्यो गर्न पार्टीका तर्फबाट कमी भएको छ । हामीले जितेका स्थानीय तहमा सहिदका नाममा संरचना बनाउन सकिन्छ । त्यो साथीहरूलाई भनेको पनि छु । त्यहाँको बाटो, गाउँ भवन, गोरेटो, स्कुल, कलेज लगायतका संरचनाहरू सहिदका नाममा राखे उहाँहरूप्रति सम्मान हुने थियो । सहिद परिवारलाई पनि आफ्नो सदस्यले युद्धमा लागेर ठीक गरेको रहेछ भन्ने बोध हुन्थ्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँका ३ स्थानमा प्रदर्शन : एसएसपीको कमान्ड ४ हजार प्रहरी परिचालन
-
खेल जीवनबाट सन्न्यास लिए दुई ओलम्पिकका स्वर्ण विजेता ब्राउनलीले
-
एमाले महासचिवका ९ प्रश्न : सुरुङ, रेल र पानी जहाजको योजना अघि सार्नु गलत हो ?
-
‘मृत’ भन्दै चिकित्सकले ‘पोस्टमार्टम’समेत गरिसकेका थिए, घाटमा पुग्दा जीवित
-
३२ हजारमध्ये १३ जना डेंगु संक्रमितको मृत्यु
-
उपत्यकामा खानेपानी मिटरको सुरक्षाको जिम्मा घरधनी आफैँले लिन अनुरोध