मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

थप गहिरिँदै तरलता संकट, ५ अर्बले कर्जा माग बढ्यो

बुधबार, २३ चैत २०७८, ११ : २२
बुधबार, २३ चैत २०७८

अपेक्षित रुपमा निक्षेप बढ्न नसकिरहेको बेला पछिल्लो हप्ता बैंकहरुको कर्जा लगानी थप बढेको छ । नेपाल बैंकर्स संघले दिएको रिपोर्टअनुसार गत चैत ११ गतेदेखि १८ गतेसम्म २७ वटा वाणिज्य बैंकहरुले ५ अर्बले कर्जा लगानी बढाउँदै कुल ४१ खर्ब ७५ अर्ब रुपैयाँ लगानी गरेका छन् । 

यस्तो कर्जा लगानी अघिल्लो हप्ता अर्थात् चैत ४ गतेदेखि ११ गतेसम्म बैंकहरुले जम्मा २ अर्ब रुपैयाँले मात्र बढाउँदै कुल ४१ खर्ब ७० अर्ब रुपैयाँ लगानी गरेका थिए ।  तर, एकै हप्तामा बैंकहरुले ५ अर्बले कर्जा लगानी बढाइराख्दा यता निक्षेप तर्फ भने खासै उपलब्धी हात पार्न सकेको छैन ।

बैंकहरुमा तरलता अभाव चलिरहेकै बेलो पछिल्लो हप्ता २७ वटा वाणिज्य बैंकहरुले जम्मा एक अर्ब रुपैयाँले मात्रै वृद्धि गर्दै कुल ४३ खर्ब ३१ अर्ब रुपैयाँ संकलन गर्न सफल भएका छन् ।  अघिल्लो हप्ता बैंकहरुले २ अर्बले निक्षेप बढाउँदै ४३ खर्ब ३० अर्ब रुपैयाँ संकलन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप