सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

बुधबार, २३ चैत २०७८, ११ : १४
बुधबार, २३ चैत २०७८

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ ।  नेपाल आयल निगमले गए रातिदेखि लागू हुनेगरी मूल्यवृद्धि गरेपछि क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले विज्ञप्तिमार्फत सो माग गरेका हुन् । 

निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएर १६० रुपैयाँ प्रतिलिटर, डिजेलमा प्रतिलिटर ५ रुपैयाँ बढाएर १४३ रुपैयाँ प्रतिलिटर र मट्टितेलमा पनि प्रतिलिटर ५ रुपैयाँ बढाएर १४३ रुपैयाँ प्रतिलिटर पु¥याएको छ ।  यस्तै खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १ हजार ६ सय रुपैयाँ प्रतिसिलिण्डर पु¥याएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप