शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘लन्डन टु पेरिस’ मा भित्रिइन् साम्राज्ञी

बुधबार, २३ चैत २०७८, १० : ५०
बुधबार, २३ चैत २०७८

अभिनेत्री साम्राज्ञी आरएल शाह फिल्म ‘लन्डन टु पेरिस’ मा अनुबन्धित भएकी छन् । फिल्मको मुख्य भूमिकामा उनी अनुबन्धित भएको निर्देशक घनश्याम लामिछानेले बताए । ‘रियलमा उनी जस्तो छिन् त्यस्तै भूमिकामा उनलाई हामीले फिल्ममा प्रस्तुत गर्न लागेका छौ’ निर्देशक लामिछानेले भने ‘यो फिल्मबाट दर्शकले उनलाई राम्रोसँग बुझ्न सक्नुहुनेछ ।’

शाहले केहीदिन पहिले मात्र फिल्म कपिल रिजालको ‘ह्यारीकी प्यारी’ छायांकन पूरा गरेकी छन् । यो फिल्मका उनको जोडी जीतु नेपाल बनेका छन् । ‘लन्डन टु पेरिस’ भने उनको जोडी खोजी भइरहेको निर्देशक लामिछानेको भनाई रहेको छ । निर्देशक लामिछानेले यस अगाडि समीक्षात्मक रुपमा सफल मानिएको फिल्म ‘पञ्चेबाजा’ आएको थियो ।

‘ड्रिम्स’ बाट अभिनयमा डेब्यु गरेकी शाहले त्यसपछि ‘ए मेरो हजुर २’ अभिनय गरेकी थिइन् । दुई सफल फिल्म लगातार दिएकी उनलाई त्यसपछि पछाडी फर्किएर हेर्नु परेको छैन ।  ‘इन्टु मिन्टु लण्डनमा’ ‘मारुनी’ र ‘रातो टीका निधारमा’ समेत अभिनय गरेकी शाहको ‘लन्डन टु पेरिस’मा अमित बस्नेत, अजित केआर थापा, परी राना, अंकित गौतम, अजित सिंह र सनिष खकुरेको लगानी रहनेछ ।

जेठको दोस्रो साताबाट छायांकन हुने बताइएको फिल्ममा एबी इन्टरनेसनलको ब्यानरमा बन्न लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप