रेलमा मालवाहक बोगीको व्यवस्था गर्न व्यवसायीको माग
आइतबारदेखि निरन्तर सञ्चालनमा रहेको नेपाल रेल्वेमा मालवाहक बोगी समेत जडान गर्नुपर्ने जनकपुरका उद्योगी व्यवसायीले माग गरेका छन् । जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले रेल सञ्चालन भएसँगै रेल्वे सञ्चालन रुट क्षेत्रका सर्वसाधारण लाभान्वित भए पनि यसले सामान्य प्रभाव मात्रै पर्ने बताउँछन् । मालवाहक बोगीको व्यवस्था भएपछि मात्र व्यवसायीले पनि लाभ लिन सक्ने बताउँदै उनले ठूलो मात्रामा सामग्री ढुवानी गर्न सक्ने व्यवस्था गर्नुपर्ने बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई रेलमा मालवाहक बोगी जडान गर्न माग गर्दै अध्यक्ष महासेठले ज्ञापन पत्र बुझाइसकेका छन् ।
नेपाली रेल यात्रुहरूका लागि नियमित सेवा दिनु अगावै घाटामा गइरहेको चर्चा छ । नेपाल रेल्वे कम्पनीले फागुन १ गतेदेखि एक महिनासम्म ट्रायलको क्रममा सञ्चालन गर्ने क्रममै भएको ड्राई रनमा ३० लाख रुपैयाँ भन्दा बढी खर्चे थियो । जसमा २० लाख रुपैयाँ कर्मचारीहरूमै खर्च भएको थियो भने ईन्धनमा १० लाख रुपैयाँ भन्दा बढी खर्च भएको नेपाल रेल्वे कम्पनीले जनाएको थियो । अहिले रेल्वे कम्पनीसँग ११ जना स्थायी कर्मचारी छन् । त्यस्तै ५९ जनालाई करारका कर्मचारी छन् ।
यद्यपि महाप्रबन्धक निरञ्जन झा भने रेल सेवा सञ्चालन भएसँगै नाफा घाटाको हिसाबकिताब अहिले नै गर्नु हतार हुने बताउँछन् । उनले भने, ‘यसको हरहिसाबका लागि कम्तीमा महिनासम्म कुर्नै पर्छ, हामीले आम जनतामा पुग्ने गरी सम्पूर्ण हिसाबकिताब पारदर्शीरुपमै सार्वजनिक गर्नेछौँ ।’
तर झा पनि यात्रु ओसारेर मात्र नेपाल रेल्वे कम्पनी फाइदामा जान नसक्ने स्वीकार गर्छन् । उनले रेल्वेमा मालवाहक बोगी जोडिपछि रेलले उपलब्धीसहित फाइदा हुने सक्ने अनुमान लगाए । उनले भने, ‘प्यासेन्जर ट्रेनले मात्रै फाइदा हुँदैन, यसका लागि मालवाहक बोगी जोड्नै पर्नेहुन्छ र यसका लागि हामीहरु योजना बनाइरहेका छौँ ।’
महाप्रबन्धक झाले सरकारले रेल सञ्चालनमा ६ महिनासम्म सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताए । ६ महिनाभित्र मुनाफामा लगेर देखाउने उनको दाबी छ । यसका लागि रेल्वे कम्पनीका जग्गाहरु व्यापारिक प्रयोजन वा अन्य प्रयोजनका लागि प्रयोग गरेर भए पनि आम्दानी गर्न सकिने बताए । प्रत्येक रेल्वे स्टेशनमा नेपाल रेल्वे कम्पनीको आफ्नो जग्गा छ । भारतको रक्सौलमा समेत २८ हेक्टर जग्गा रहेको छ ।
खचाखच रेल
पहिलो दिनमा रेलबाट १५ सय भन्दा बढी यात्रुले रेल सेवा लिएका थिए भने दोस्रो दिन त्यो संख्या बढेर १९ सयसम्म भन्दा बढी पुगेको थियो । त्यस्तै तेश्रो दिन करिब २ हजार यात्रुहरुले रेल चढेका थिए । रेलमा यात्रा गर्ने यात्रीहरुको संख्या दिनानुदिन बढिरहेको छ । रेलमा लामो तथा छोटो दुरीसम्मका यात्रीहरु बढि चढ्ने गरेका छन् ।
रेलले अहिले दिनको २ पटक यात्रुहरुलाई सेवा प्रदान गर्दै आएको । साढे ८ बजे जयनगरबाट कुर्थाका लागि रेल गुड्ने रेल जनकपुरधामको कुर्थाबाट पौने ११ बजे जयनगरका लागि प्रस्थान हुन्छ । त्यस्तै जयनगर पुगेको रेल पुनः ३ बजे जनकपुरधाम फर्कन्छ भने सो रेल पुनः जनकपुरबाट जयनगरका लागि ५ बजेर १५ मिनेटमा प्रस्थान गर्छ । कुर्था देखि जयनगरसम्मका लागि जेनरल बगीको ९० रुपैयाँ निर्धारण गरिएको छ भने एसीयुक्त बगीका लागि ४ सय ५० रुपैयाँसम्म निर्धारण गरिएको छ । त्यस्तै एक स्टेशनबाट अर्को स्टेशनसम्मका लागि जेनरल बोगीका लागि २० रुपैयाँ निर्धारण गरिएको छ भने एसी बोगीमा १ सय रुपैयाँ भाडादर कायम गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपाङ्ग संघले मनायो स्थापना दिवस
-
१२ बजे, १२ समाचार : कोशीका पूर्व मुख्यमन्त्री थापामाथि हातपातदेखि देउवा र ओलीबिच ‘डीप लभ’सम्म
-
जङ्गली हात्ती बस्तीमा पसेपछि स्थानीय त्रसित
-
नेकपा एकीकृत समाजवादी लुम्बिनीको अधिवेशन फागुन २१ गते हुने
-
१० बजे १० समाचार : कविता बहसदेखि महिला विश्वकपमा नेपालको डेब्यूसम्म
-
६ महिनामा ३ लाख ९३ हजारले लिए श्रम स्वीकृति