धनुषामा गठबन्धन दलबीच सहकार्य गरिने
स्थानीय तह निर्वाचनमा धनुषामा गठबन्धनसँग सहकार्य गरिने माओवादी केन्द्र धनुषाका अध्यक्ष दीपक यादवले जानकारी दिएका छन् । माओवादी केन्द्र धनुषाको बैठकबाट पाँच दलसँग केन्द्रमा भएको गठबन्धनलाई स्थानीय स्तरमा पनि निरन्तरता दिने निर्णय गरिएको यादवको भनाइ छ ।
उनले बुधबार देखि वडाका लागि उम्मेदवार छनोटका लागि मापदण्ड निर्धारणसँगै उम्मेदवार छनोट प्रक्रियालाई अघि बढाइने अध्यक्ष यादवले बताए । उनले जिल्लाको सबै पालिकाको अध्यक्ष, सचिव, माओवादी केन्द्रका केन्द्रीय सदस्य र प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा स्थानीय तहको निर्वाचन सम्बन्धी उम्मेदवार छनोट गरिने र गठबन्धनसँग सहकार्य तथा छलफलका लागि कुराकानी अघि बढाइने बताए ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा धनुषामा नेकपा माओवादी केन्द्रले चुनावी गतिविधिलाई तीव्रता दिएका छन् । आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको तयारीमा जोडतोडले लागेका माओवादी केन्द्र धनुषाले व्यवस्थित र प्रभावकारी ढङ्गले अघि बढ्ने भएका छन् ।