चैतको वर्षाले राहत : डढेलो नियन्त्रण
बुधबार, २३ चैत २०७८, ०७ : ३३
महोत्तरीका वन क्षेत्रका लागि पछिल्लो वर्षाबाट राहत पुगेको छ । शनिबार र आइतबार राति वर्षा भएपछि यहाँको वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको छ । वर्षाका कारण डढेलो निभाउन मद्दत पुगको डिभिजन वन कार्यालयका प्रमुख विनोदकुमार सिंहले बताए ।
जिल्लाको ३०० हेक्टरभन्दा बढी क्षेत्रफलमा वनमा डढेलो लागेको थियो । “डढेलो नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो”, उनले भने । वन्यजन्तुको चोरी शिकार, रुख कटान र जताततै डढेलो बढेपछि कार्यालयले विभिन्न टोली खटाएको थियो ।
पछिल्लो वर्षाले नयाँ बिरुवा हुर्कन मद्दत गरेको छ । जिल्लामा सामुदायिक, साझेदारी, धार्मिक, कवुलियती र सागरनाथ वन परियोजनासहित २४ हजार हेक्टर क्षेत्रफलमा वन रहेको छ । वर्षाबाट खेतीपाती गर्न राहत मिलेको छ । रुखिएको जग्गा खनजोत गर्न सहज भएको किसान बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?
-
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का
-
टर्कीका राष्ट्रपतिद्वारा सिरियाली शरणार्थी फिर्ता गर्न इयुसँग आग्रह
-
अन्तर्राष्ट्रिय ध्यान दिवस राष्ट्रिय महोत्सव हो : सद्गुरु एलपी भानु शर्मा