शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

रुसले भन्यो : बुचामा भएका मृत्यु फर्जी प्रचार

बुधबार, २३ चैत २०७८, ०६ : २३
बुधबार, २३ चैत २०७८

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी दिमित्री मेदभेदभले युक्रेनी सहर बुचामा भएका मृत्यु फर्जी प्रचार भएको दाबी गरेका छन् । ‘ यी नक्कली हुन् जुन युक्रेनी प्रचारको कल्पनामा परिपक्व हुन्छन्’ उनले भने । रुसी सेना फिर्ता भएपछि  आक्रमणको बर्बरता चित्रण गर्ने डरलाग्दा तस्बिरहरू बुचा सहरमा सार्वजनिक भएका छन् ।

कुनै पनि  युक्रेनी नागरिकले रुसी सेनाको हिंसात्मक कारबाहीको सामना गर्नु नपरेको रुसी रक्षा मन्त्रालयले दाबी गरेको छ । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले किभ बाहिरका दृश्यहरूलाई रुस विरोधी उत्तेजना भनेका छन् ।

तर, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युद्ध अपराध गरेको बताउँदै आएका छन् । हत्यालाई  ‘नरसंहार’ र ‘युद्ध अपराध’ भन्दै राष्ट्रपतिले जेलेन्स्कीले भने, ‘हामीलाई थाहा छ कि बुचामा हजारौं मानिस मारिएका छन् । महिला बलात्कृत भएका छन्, बालबलिका मारिएका छन् । रुसले युद्ध अपराध गरेको छ ।'

बुचामा सामूहिक चिहानहरू फेला परेको विवरण सार्वजनिक भएका छन् । तर, रुसले उक्त आरोप ‘नक्कली’ भएको बताएको छ । बुचामा पाँच अज्ञात सर्वसाधारणको शव हात पछाडि बाँधिएको अवस्थामा शव भेटिएका थिए । शवको टाउकोमा  गोली लागेको थियो ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप