चीनको सांघाईमा निषेधाज्ञा थप कडा

चीनले सांघाईमा जारी निषेधाज्ञालाई थप बिस्तार गरेको छ । सांघाईमा कोभिड–१९ सङ्क्रमितहरूको सङ्या ह्वात्तै बढेपछि प्रशासनले यो निर्णय लिएको हो ।
सांघाईमा देखिएको कोभिड–१९ सङ्क्रमण दर नियन्त्रणका लागि सुरुमा बढी प्रभावित पूर्वी र पश्चिमी क्षेत्रहरूमा छुट्टाछुट्टै प्रावधानहरू अपनाइएको थियो तर अहिले सहरको सबै भूभाग समेट्ने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको हो ।
सांघाई हालसम्म निषेधाज्ञा जारी भएको चीनको पहिलो ठूलो एकल सहर हो। महत्त्वपूर्ण वित्तीय केन्द्र समेत रहेको यस सहर विगत एक महिनादेखि कोरोनाभाइरस सङ्क्रमणको नयाँ लहरसँग सङ्घर्षरत छ ।
अधिकारीहरूले कोरोनाभाइरसको सङ्क्रमण दर प्रतिदिन १३ हजारभन्दा माथि पुगेपश्चात् नयाँ नियम लगाएका हुन् । सहरका केही भेगका बासिन्दाका अनुसार उक्त कडा प्रावधान अन्तर्गत कोही पनि आफ्नो घर बाहिर निस्कन पाउँदैनन् । सांघाईले यति बेला क्वारन्टीन नीतिलाई लागु गर्दै चीनको शून्य–कोभिड रणनीतिको उच्चतम विन्दुसम्म परीक्षण गरिरहेको छ ।
यस नीतिले चीनलाई अन्य देशहरूको दाँजोमा अलग्गै राखेको छ। अन्य देशले भाइरसको प्रभाव न्यूनीकरण गर्दै जनजीवन चलायमान राख्ने कोसिस गरेको समय चीनले शून्य–कोभिड रणनीतिलाई अगाडी सारेको हो ।
सहरव्यापी परीक्षण कार्यक्रमपश्चात् २४ घण्टामा दुई करोड पचास लाख मानिसहरूको नमुना सङ्कलन गरी गरिएको परीक्षणमा उक्त अवधिमा १३ हजार व्यक्तिमा कोभिड सङ्क्रमण देखिएको हो । समस्या समाधानका लागि कम्तीमा ३८ हजार व्यक्ति अन्य क्षेत्रबाट सांघाई खटाइएको बीबीसीले जनाएको छ । सरकारी समाचार संस्थाहरूले सन् २०२० मा वुहान निषेधाज्ञा पछि यो हालसम्मकै ठूलो देशव्यापी चिकित्सकीय कार्यक्रम भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग : चेल्सी विजयी हुँदा आर्सनल र म्यान्चेस्टर युनाइटेडको पर्यो टक्कर
-
रातोपाटी ब्रिफिङ : पूर्वराजाको स्वागतमा समर्थकको लावालस्करदेखि कुलमानले बुझाए स्पष्टीकरणसम्म
-
विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा
-
जनप्रगतिशील मञ्च इजरायल : जोशीको संयोजकत्वमा आयोजक कमिटी गठन
-
जति तपस्या गरेपनि राजतन्त्र फर्किन सम्भव छैन : शर्मा
-
सशस्त्रका ३ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान