चक्कु प्रहार गरी इरानी इस्लाम धर्मगुरुको हत्या
मङ्गलबार, २२ चैत २०७८, २२ : ०८
![चक्कु प्रहार गरी इरानी इस्लाम धर्मगुरुको हत्या](https://rpcdn.ratopati.com/media/albums/Flag-Iran_8G8yYQjUNo.jpg)
आक्रमणकारीले मंगलबार एक इरानी मुस्लिम धर्मगुरुलाई छुरा प्रहार गरी हत्या गरेको यहाँको प्रहरीले पुष्टि गरेको छ ।
उत्तर पूर्वी तीर्थनगर मशहादमा घटनामा अन्य दुई जना घाइते भएको बताइएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रान्तीय गभर्नरलाई उद्धृत गरी इरानी टेलीभिजनले उल्लेख गरेको छ ।
खोरासन रजावी प्रान्तका गभर्नर याग्होब–अली नाजारीले इरानी टेलीभिजनसँग भने, “एक व्यक्तिले तीन जना शिया धर्मगुरुलाई छुरा प्रहार गरी हत्या गरेको छ । घटनामा अरु दुई जना घाइते भएका छन् । आक्रमणकारीलाई सुरक्षाकर्मीले पक्राउ गरेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमलादीमा एकीकृत समाजवादीको बन्दसत्र सुरु
-
विभिन्न डमी कम्पनीमार्फत ३० अर्ब रुपैयाँभन्दा बढीको सुन तस्करी : सीआईबी
-
बीआरआई सम्झौतालाई कार्यान्वयन गर्नुपर्छ : सांसद श्रेष्ठ
-
भारतमा नयाँ फौजदारी कानुनलाई लिएर कांग्रेसले उठायो गम्भीर प्रश्न
-
देउवा र ओलीबिच भएको संवादबाट कोही चिन्तित हुनुपर्दैन : सांसद गिरी
-
प्रयोगमा नआई खण्डहर बन्दै तीन करोडको दलित आवास भवन