आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

दीपराज गिरीको कटाक्ष : छोरो घर फर्किदा काँग्रेस बनेर आउला भन्ने डर भो

मङ्गलबार, २२ चैत २०७८, २१ : ३७
मङ्गलबार, २२ चैत २०७८

चर्चित कलाकार दीपकराज गिरीले छोरो घर फर्किदा काँग्रेस भएर आउला भन्ने डर भएको बताएका छन् । पछिल्लो समय विभिन्न राजनीतिक पार्टीमा अन्य पार्टीका ब्यक्ति भित्र्याउने चलेको होड प्रति गिरीले सामाजिक संजालमा तिखो ब्यङ्ग्य गर्दै यस्तो अभिब्यक्ति राखेका हुन् ।

‘बाले काँग्रेस हुँ भन्नुहुन्थ्यो । घरमा एक हुल नेता आएर एमाले बनाई दिएर गएछन् । सूर्यलाई भोट हाल्ने मेरी आमा पधेरीबाट आउदा माओवादी प्रवेश गरिछिन्’ उनी सामाजिक संजालमा अगाडि लेख्छन् ‘छोरो अहिले घरमा आएको छैन । काँग्रेस बनेर आउनला भन्ने डर भो ।’ उनले देशको हालत भन्दै आफ्नो कुरो बिट मारेका छन् ।

समसामयिक बिषयमा तिखो ब्यङ्ग्य प्रहार गर्न माहिर गिरीको बिषयमा केही दिन अगाडि माओवादीमा प्रवेश गरेको हल्ला चलेको थियो । उक्त हल्लाको सम्बन्धमा पनि उनले सामाजिक संजालबाट एक पोष्ट गर्दै आफु कहीँ नगएको स्पष्ट परेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप