ललितपुरबाट १ लाख घूससहित सर्वेक्षक पक्राउ
मङ्गलबार, २२ चैत २०७८, २१ : ३४

ललितपुरबाट १ लाख घूससहित सर्वेक्षकपक्राउ परेका छन् । नापी कार्यालय चावहिल १ नम्बर नापी टोली बूढानीलकण्ठमा कार्यरत सर्वेक्षक बिनोद केसी पक्राउ परेका हुन् । उनीसँगै अमिन प्रकाश राज भट्ट पनि पक्राउ परेका छन् ।
जग्गाको हालसाविक गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले निजहरुलाई एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो । ललितपुर महानगरपालिका वडा नम्बर ५, लगनखेलस्थित महालक्ष्मी मार्गबाट पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्षम नागरिक उत्पादनको जग नै कमजोर
-
नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाद्वारा शपथ ग्रहण
-
उड्डयन प्राधिकरण सम्बन्धी संसदमा पेस, सेवा प्रदायक र नियामक फरक बनाइने
-
‘०८४ मा बहुमत पुर्याउँछौँ, अकुत सम्पत्तिमा बेहोस भएकाहरूलाई ब्युँझाउँछौँ’
-
आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट : आयोजक हुँदा भारत र दक्षिण अफ्रिका पनि बाहिरिएका थिए समूहगत चरणबाटै
-
सुशासन र विकासका लागि वर्तमान सरकार बनेको हो : प्रधानमन्त्री ओली